सेयर बजारमा ‘बुलिस’ साता

सेयर बजारमा ‘बुलिस’ साता

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक गत साता झण्डै एक सय अंकको फराकिलो खुड्किलो पार गर्न सफल भयो। लामो समय ओरालो लागेको सेयर बजार पछिल्लो पटक जनवरीको सुरुदेखि नै बढ्न थालेको थियो। अघिल्लो साताको बिहीबार १२१३ अंकमा रहेको नेप्से गत साता बजार बन्द हुँदा ९७ अंक बढेर १३१० अंकमा उक्लिएको छ। पछिल्ला दुई सातामा मात्रै सेयर बजार सूचकांक १ सय ४४ अंक (१२.३५ प्रतिशत) बढिसकेको छ।

कहिले अर्थमन्त्री युवराज खतिवडा बाहिरिने हल्ला, कहिले बैंकमा ब्याजदर घट्न थालेको चर्चा त कहिले नियामक निकायका पदाधिकारीको सकारात्मक अभिव्यक्तिका आधारमा लगानीकर्ताको मनोबल बढेको देखिएको छ। यसले आगामी दिनमा सेयर बजार ‘बुलिस’ अर्थात् बढ्दो प्रबृत्तिमा फर्कनसक्ने आशा पलाएको छ।

पछिल्लो एक वर्षको नेप्सेको रेखाचित्र विश्लेषणले पनि सेयर बजार उकालो लाग्न थालेको संकेत गरेको छ। गएको ८ साउनमा १२८४ अंकबाट ओरालो लागेको बजार सूचकांक ११०९ अंकसम्म झरेर पुनः उकालो बाटो समातेको छ। यसरी ६ महिनाको रेखाचित्र विश्लेषणले नेप्सेमा ‘राउन्डेड बटम’ भनिने अंग्रेजी अक्षेर ‘यू’ जस्तै देखिने अर्धचन्द्र आकार तयार भएको छ।

पश्चिमा वित्त विश्लेषकले हलिउड हिरोइन जेनिफर लोपेजको ‘हिप’सँग तुलना गरेर ‘जेलो–बटम’ भन्ने गरेको यस्तो आकृतिलाई बजार बढ्ने सूचकका रूपमा लिइन्छ। अहिले नै नेप्सेले यस्तो आकृति पूर्ण गरिसकेको छ। तर एक वर्षकै उच्चतम विन्दु १३२१ अंक पार गर्न चुनौतीपूर्ण हुनसक्ने देखिन्छ। यदि नेप्सेले एक वर्षकै उच्चतक विन्दु तोडेर उकालो लागेमा मात्रै सेयर बजारले बढ्ने लय समातेका भन्न सकिन्छ।

यो साता पनि अरु समयमा जस्तै बिमा कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ। बिमा क्षेत्रमा नाफा कम भए पनि नयाँ बिमा कम्पनीले सर्वसाधारणमा सेयर निस्काशन नगरिसकेकाले दोस्रो बजारमा सूचीकृत बमा कम्पनीको सेयर मूल्य अहिले पनि चुलिएको छ। संस्थागत लगानीकर्ता पनि अहिले बजार घटेको अवस्थामा पनि धेरैजसो बीमा कम्पनीको सेयर अभिमूल्यन भइरहेको बताउँदै आएका छन्। ‘त्यही सेयरमा बढी पुँजीगत लाभ पाइने भएकाले हामीले पनि बिमा कम्पनीलाई प्राथमिकतामै राखेर पोर्टफोलियो व्यवस्थापन गरिरहेका छौं’, एक लगानी व्यवस्थापक भन्छन्, ‘तर अहिले पनि बिमा कम्पनीको सेयर अबरुभन्दा महँगो छ। निर्जीवन बीमा कम्पनीमा त झनै समस्या छ।’

गत साता २६ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएको एनआईसी एसिया बैंक सर्वाधिक रोजाइमा पर्‍यो। त्यसपछि शिवम् सिमेन्ट र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बढी कारोबार हुने सूचीमा अगाडि आए। सेयर संख्याका आधारमा भने प्रभु बैंक, कुमारी बैंक, एनसीसी बैंकजस्ता सस्ता सेयरको कारोबार बढी देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.