चकचकेको गोलमाल

चकचकेको गोलमाल

गोलमाल जुनियर भारतीय कार्टुन शृंखला हो। यो रोहित सेठ्ठीले निकलोडियन सोनिक च्यानलका लागि बनाएका कार्टुन हो। कार्टुन गोलमाल फिल्मबाट प्रेरित भएर बनाइएको हो। कार्टुनको पहिलो प्रदर्शन सन् २०१९ मा भएको थियो। यो कमेडीमा आधारित कार्टुन हो।

कार्टुन दुई चकचके बालबालिकाको विषयवस्तुमा आधारित छ। यो कार्टुन विशेषगरी गोपाल र माधवको बारेमा छ। उनीहरू एकआपसमा मिल्दैनन्। यी दुई प्रतिद्वन्द्वीले आफ्नो समूहका साथीहरूलाई विपक्षी समूहका साथीलाई घोचपेच गर्न लगाउँछन्। त्यसमै उनीहरू रमाइलो मान्छन्।

कार्टुनको मुख्य पात्रमा गोपाल, दुई जना लक्ष्मण, माधव र लक्की छन्। अन्य सहायक पात्रमा पप्पी, मिली आदि छन्। अन्य पात्रको बारेमा जानकारी यसप्रकार छ।

गोपाल: गोपाललाई उसका साथीहरूले गोपु पनि भन्छन्। ऊ १४ वर्षको छ। गोपाल शारीरिक रूपमा बलियो छ र आफूप्रति पूर्ण विश्वास गर्छ। माधवबाहेक अरू सबै गोपालसँग डराउँछन्। तर, गोपाल भने अँध्यारोसँग मात्र डराउँछ। अँध्यारो मात्र उसको कमजोरी हो। माधव, लक्की र दुई लक्ष्मणले गोपालसँग यसको फाइदा उठाउँछन्।

माधव: माधव १४ वर्षको छ। ऊ गोपाल जत्तिकै बलियो छैन। तर, ऊ आफूलाई गोपालभन्दा कमजोर छैन भन्ने सोच्छ। उसले गोपाललाई आफ्नो प्रतिद्वन्द्वी मान्छ र अनुचित तरिकाले गोपालभन्दा अगाडि हुन चाहन्छ। ऊ धेरै नर्भस हुन्छ र दोधारमा परिरहन्छ।

लक्ष्मण १: ऊ १३ वर्षको छ। उसलाई प्रविधिप्रति प्रेम छ। पढाइ र भाषामा पनि ऊ राम्रो छ। उसले आँखा बन्द गरेर गोपाललाई विश्वास गर्छ। उसले गोपाललाई गोपु भनेर बोलाउँछ।

लक्ष्मण २: ऊ १३ वर्षको छ। ऊ माधवको टिममा छ। बच्चाहरू उसलाई तोते बोली बोल्दै जिस्क्याउँछन्। ऊ सधैं चिसोले ग्रस्त भइरहन्छ र सधैं हाच्छ्युँ गरिरहन्छ। ऊ सधैं नकारात्मक टिप्पणी गर्ने मानिसका रूपमा चिनिन्छ। उसले माधवलाई सधैं दुःख दिन्छ। तर, अन्य मानिस उसलाई देखेर हाँस्छन्। तर कहिलेकाहीँ उसको मजाकले अरूलाई समस्या समाधान गर्ने रहस्य प्राप्त हुन्छ।

लक्की: ऊ १२ वर्षको छ। सानो र मोटो छ। ऊ गोपालको टिमको सदस्य हो। उसले समूहको झगडा तथा लडाइँमा भाग लिँदैन। उसले लक्ष्मण २ र माधवलाई विभिन्न समस्या समाधानको तरिका सिकाउँछ।

पप्पी: ऊ पियन हो। ऊ ३१ वर्षको छ। उसको एकमात्र काम भनेको पाँच बालबालिकाको लडाइँ र झगडाको प्रमाण एकत्रित गर्नु हो। तर, अप्रत्याशित दुर्घटनाका कारण उसले प्रमाण एकत्रित गर्न भने कहिल्यै सक्दैन।

पतवर्दन: ऊ ६० वर्षको छ। ऊ गोल्डेन हिल स्कुलको कठोर प्रध्यापक हो। ऊ सधैं आफ्ना विद्यार्थीलाई अनुशासनमा राख्न चाहन्छ। उसले रमाइलो मानिसलाई मन पराउँछ।

भासोली: उसलाई भासोली भाइ पनि भनिन्छ। ऊ स्रोतसाधन भएको १९ वर्षीय केटो हो। प्रत्येक एपिसोडमा उसले नयाँ बिजनेस गरेको देखिन्छ। उसको कोमल मुटु छ।

मिली: गोपाल र माधवले मिलीलाई मन पराउँछन्। उनीहरूले सधैं मिलीलाई आफूहरूप्रति आकर्षित गर्ने कोसिस गर्छन्। तर, मिलीले भने उनीहरूलाई मन पराउँदिनन्। उसले माधव र गोपाललाई हरुवा पार्टीका हुन् भन्ने सोच्छिन्। मिलीले लक्कीलाई माया गर्छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.