स्नुकर च्याम्पियन डेभिस

स्नुकर च्याम्पियन डेभिस

स्टिव डेभिस विश्व प्रसिद्ध स्नुकर खेलाडी हुन्। उनको जन्म सन् १९५७ मा लन्डनमा भएको हो। उनले सन् १९८० को दशकमा स्नुकरमा आफ्नो प्रभुत्व कायम गरेका थिए।

उनी नौ वर्षको अवधिमा आठ विश्व च्याम्पियनसिपको फाइनलमा पुगे र ६ वटा विश्व टाइटल जित्न सफल भए। उनी लगातार सात सिजनसम्म विश्वको नम्बर एक स्नुकर खेलाडी भए। सन् १९८५ को वल्र्ड च्याम्पियनसिप फाइनलको खेललाई उनका प्रशंसकले आज पनि सम्झिरहन्छन्। उक्त च्याम्पियनसिपलाई १८.५ मिलियन प्रदर्शकले टेलिभिजनमा हेरिरहेका थिए। अहिलेसम्म त्यो रेकर्ड कसैले तोड्न सकेका छैनन्। उनी उक्त च्याम्पियनसिपमा डेनिस टेलरको प्रतिपक्षी थिए। उनले आफ्नो करियर सन् १९७८ बाट सुरु गरेका हुन्।

डेभिसले २८ र्‍याङ्किङ इभेन्ट जितेका छन्। अल टाइम सूचीमा उनी चौथो स्थानमा छन्। आफ्नो ६ विश्व टाइटलबाहेक उनले तीन पटक मास्टर्स, (मास्टर्स व्यावसायिक स्नुकर टुर्नामेन्ट हो), यूके च्याम्पियनसिप ६ पटक र १५ पटक ट्रिपल क्राउन जितेका छन्। उनी एकै सिजनमा तीन ट्रिपल क्राउन जित्ने पहिलो स्नुकर खेलाडी पनि भएका थिए।

मिलियन डलर पुरस्कार राशिसहित पुरस्कृत हुने उनी पहिलो खेलाडी पनि हुन्। उनले आफ्नो खेल करियरमा ५.५ मिलियन डलर पुरस्कार पाएका छन्। सन् १९८८ मा बीबीसीले डेभिसलाई स्पोर्ट्स पर्सनालिटी अफ द इयरसमेत बनाएको थियो। उक्त पुरस्कार प्राप्त गर्ने उनी एक मात्र स्नुकर खेलाडी बने।

उनले पहिलो मास्र्टस् च्याम्पियन सन् १९९७ मा जितेका थिए। बेलायतमा सन् २००५ मा भएको फाइनल च्याम्पियनसिपमा समेत उनी पुगेका थिए। ५० वर्षको उमेरमा सन् २००७ ÷२००८ सिजनमा समेत उनी टप १६औं खेलाडी बने। सन् २०१६ मा ५८ वर्षको उमेरमा उनले व्यावसायिक स्नुकर खेलाडीबाट अवकाश लिए। बीबीसीको स्नुकर कभरेजमा उनी टेलिभिजन विश्लेषकको रूपमा अहिले पनि सक्रिय छन्।

डेभिसलाई स्नुकरमा उनका बुवा बिलले सक्रिय गराएका हुन्। बुवाले उनलाई १२ वर्षको उमेरमा स्नुकर खेल्ने क्लबमा लगेका थिए। उनले जोई डेभिसको पुस्तक ‘स्नुकर कसरी खेल्ने’ भन्ने किताब पढ्न दिए। उक्त किताब पढिसकेपछि उनले सन् १९७० को दशकमा स्नुकरमा आफ्नो सीप र क्षमता लगाए। यसपछि उनले लुकानिया स्नुकर क्लबमा स्नुकर खेल्न थाले।

डेभिसले सन् १९७६ मा अन्डर १९ बिल्लियाड्र्स च्याम्पियनसिप जिते। उनको प्रतिभा देखेर लुकानिया क्लबका अध्यक्ष बेरी हेयर्नले प्रत्येक म्याचका लागि उनलाई २५ पाउन्ड दिन थाले। उनको प्रतिभाको कारण उनलाई उपनाम ‘नगेट’ दिइयो।

स्नुकरबाहेक उनी पुल पनि खेल्छन्। पुल उनले सन् १९९४ बाट खेल्न थालेका हुन्। उनले मोस्कोनी कपमा महत्त्वपूर्ण भूमिका पनि निर्वाह गरे। त्यसपछि उनले युरोपको तर्फबाट प्रतिनिधित्व गरेर खेल्न थालेका हुन्।

( एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.