बिजुलीको पोल सार्न घुस लिने २ जना पक्राउ
काठमाडौं : काठमाडौंस्थित नेपाल विद्युत प्राधिकरण कुलेश्वर विद्युत वितरण केन्द्रका २ कर्मचारी घुससहित पक्राउ गरेका छन्। ज्यालादारीमा काम गर्ने कृष्ण मुरारी चौधरी र पुरुषोत्तम दाहाललाई २५ हजार घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कुमार कोइरालाले जानकारी दिए।
बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग घुस लिँदा लिदै अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएको हो। चौधरी र बिजुलीको पोल सार्ने सम्बन्धी काम गर्ने दाहाललाई काठमाडौं -१४ गुडफुड तन्दुरी अगाडीबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।