‘कार्यकक्षमा महिलाभन्दा पुरुष बढी भावुक’
लण्डन : कार्यालयमा महिला भन्दा पुरुष बढी भावुक हुने एक अध्ययनले देखाएको छ ।
२ हजार कामदारमाथि गरिएको नयाँ अध्ययनका अनुसार पुरुष र महिलालाई फरक कुराले भावुक बनाउँछ । बेलायती कम्पनी जब बोर्ड्सले हालै गरेको अध्ययनमा २ सय ५० म्यानेजर र २ हजार अन्य कामदार समेटिएका थिए ।
पुरुषहरु सामान्यतः आफ्नो योजना इन्कार हुँदा, आलोचित हुँदा र महंगो बजेट, डेडलाइन छुट्ने जस्ता समस्याका कारण भावुक हुने अवस्था सिर्जना भएको अध्ययनले देखाएको छ ।
साथै पुरुषहरु दुई पटक गम्भीर अवस्थामा पुग्ने गरेको पनि अध्ययन देखाउँछ । र उनीहरु त्यस्तै भावनाका कारण जागिर छाड्ने मनस्थितिमा पुग्ने गरेको पनि बताइएको छ । पुरुष र महिला आफ्नो भावना पोख्न सामाजिक रुपमा घुलमिल हुने पनि अध्ययनमा संलग्न अध्येताहरु बताउँछन् ।