दुई मोटरसाइकल र स्कुटर ठोक्किदा दुईको मृत्यु, पाँच घाइते

दुई मोटरसाइकल र स्कुटर ठोक्किदा दुईको मृत्यु, पाँच घाइते

बुटवल : रुपन्देहीको सैनामैनामा सडकमा दुई मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते र चार सामान्य घाइते भएका छन्। शुक्रबार साँझ लु २४ प ७४७२ नम्बरको स्कुटर र लु ४२ प ७०९६ र लु ३५ प ५०१९ नम्बरका मोटरसाइकल रामापुरमा एकापसमा ठोक्किएर दुर्घटना भएको हो। 

दुर्घटनामा सैनामैना नगरपालिका -७ का सुदीप चौधरी र कालु भनिने नविन चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटबलले जानकारी दिएको छ ।  गम्भीर घाइते भएका सन्तराम चौधरीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। तीब्र गतिका कारण एउटा मोटरसाइकलले अर्काेलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

यो सातामात्रै रुपन्देहीमा दुर्घटना परी नौ जनाको मृत्यु भएको छ । मंगलबार भैरहवा–परासी सडकमा ट्रक एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको थियो । बिहीबार मात्रै भैरहवामा बोराले च्यापिएर चार जनाले ज्यान गुमाए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.