खोप्रा लेक क्षेत्रमा चार जना पदयात्री हराए

खोप्रा लेक क्षेत्रमा चार जना पदयात्री हराए

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खोप्रा लेक क्षेत्रमा बाटो बिराएर चार जना पदयात्री हराएका छन्। खोप्रा लेकदेखि नारच्याङ बेशी गाउँ जाने क्रममा बिहीबार बिहानदेखि हराएका उनीहरु शुक्रबार साँझसम्म भेटिएका छैनन्। 

अंकित शाहसहित एक जना पोखरा र तीन जना काठमाडौंका पैदलयात्रीहरु बाटो बिराएर जंगलमा अलपत्र परेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए। हराएका अन्य पदयात्रीको पहिचान भएको छैन्। 

बिहीबार बिहान खोप्रा लेकमा खाना खाएर नारच्याङतर्फ हिडेँका उनीहरु बाटो बिराएपछि जंगलको खोचमा हराएका हुन्। ‘उनीहरुसँग मोबाइलमा सम्पर्क हुन्छ तर कहाँ छन् भनेर ठाउँ पत्ता लागेको छैन,’ प्रजिअ ढकालले भने ‘दिनभरी स्थलमार्गबाट खोजी गर्दा भेटिएका छैनन्।’

घना जंगल, भीर र बाक्लो हिउँको कारण उनीहरु रहेको स्थानको पहिचान गर्न कठिनाई भएको उनले बताए। ‘हिउँले हिँड्न नै कठिन छ, उहाँहरुले खोचमा छौँ भन्नुहुन्छ, तर कतातिरको कुन खोचमा हो अझै पहिचान गर्न सकिएको छैन’- प्रजिअ ढकालले भने।

जंगलभित्र आगो बालेर धुवा बनाई संकेत गर्न आग्रह गरिएपनि ठाउँ पत्ता लागेको छैन्। प्रजिअ ढकाल, प्रहरी नायब उपरीक्षक किरनजंग कुँवरसहित सशस्त्र र नेपाल प्रहरीको टोली शुक्रबार दिउँसो हराएकाको खोजीमा खोप्रातर्फ गएको थियो।

स्थानीयबासी र गोठालाहरुको समेत सहभागितामा खोजी गरिएको छ। पदयात्रीहरु पथप्रदर्शक बिनै पदयात्रामा आएका थिए। हराएकाहरु सकुसलनै रहेको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताए। बिहीबार राती मात्र उनीहरुले फोनमार्फत स्थानीय प्रशासनलाई आफूहरु हराएको जानकारी गराएका थिए। 

खोप्रा क्षेत्रमा जंगल र भीर छ। मानवबस्ति देखि टाढा छ। २०७२ बैशाखमा घोडेपानीदेखि खोप्रा जाने क्रममा हराएका एक जना मलेसियन पर्यटक अझै भेटिएका छैनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.