संसारकै ठूलो माछा ह्वेल

संसारकै ठूलो माछा ह्वेल

नीलो ह्वेल संसारको सबैभन्दा ठूलो प्राणी हो। यो समुद्रमा पाइने माछा हो। ह्वेल विश्वका सबै महासागरमा पाइन्छन्। वैज्ञानिकहरूका अनुसार यो माछा पृथ्वीमा करिब पाँच करोड वर्ष अघिदेखि देखिएका हुन्। यो माछा अति विशाल भएका कारण यसलाई देखेपछि समुद्रका कुनै जहाज वा डुंगाले बाटो मोड्नुपर्ने अवस्था आउँछ।

नीलो ह्वेल विभिन्न प्रजातिका छन्। जसमध्ये किलर ह्वेल, स्पर्म ह्वेल, हम्पब्याक ह्वेल, बेलुगा ह्वेल, नर ह्वेल यसका प्रजाति हुन्। नीलो ह्वेलले समुद्रमा पाइने जीवलाई नै आफ्नो आहारा बनाउँछ। यसले अन्य ह्वेलका बच्चाहरूलाई पनि खान्छ। यसले एक दिनमा चार हजारदेखि पाँच हजार किलोसम्म आहारा खाने गर्छ। यो एक सय ५० देखि दुई सय दिनसम्म केही नखाएर पनि बाँच्न सक्छ।

यसको आयु करिब मानिसको आयु बराबर हुन्छ। सामान्यतः यसको जीवनकाल ७० देखि ९० वर्षसम्मको हुन्छ। अचम्मको कुरा के भने यस माछाको मुटु मात्रै ६ क्विन्टलको हुन्छ। जुन एक मिनेटमा केवल नौ पटक मात्र धड्किन्छ। यसले करिब आधा घण्टादेखि दुई घण्टासम्म आफ्नो श्वास रोक्न सक्छ।

यसको टाउको मात्रै १९ फिटसम्मको हुन्छ। यसको लम्बाइ करिब ३० मिटरसम्मको हुन्छ। यो कुनै सर्पभन्दा कम लम्बाइ होइन। यति लामो यो माछाको मस्तिष्कको तौल झन्डै सात किलोग्रामसम्मको हुन्छ। आँखा मानिसको टाउको जत्तिकै हुन्छ। एक घण्टामा ४६ किलोमिटरसम्म दूरी पार गर्न सक्ने यो माछाको तौल करिब एक सय ८० टनसम्मको हुन्छ।

यो यस्तो माछा हो, जसले पानीभित्र श्वास फेर्न सक्दैन। श्वास फेर्न समुद्रको सतहमा आउनैपर्छ। यसले आफूभित्र पाँच हजार लिटरसम्म अक्सिजन भर्न सक्छ। यो ठूलो समूहमा बस्न रुचाउँदैन। यो खासगरी साना–साना समूहमा र एक्लै बस्न मन पराउने प्राणी हो।

ह्वेल एक स्तनधारी जनावर हो। स्त्री ह्वेलले एक पटकमा एउटा मात्र बच्चा जन्माउँछ। बच्चा जन्मिनेबित्तिकै करिब आठ मिटर लम्बाइ र चार हजार किलोग्रामको हुन्छ। यसले आफ्नो बच्चालाई दिनमा दुईदेखि तीन सय लिटरसम्म दूध खुवाउने गर्छ। ती बच्चाहरू करिब डेढ दुई वर्षसम्म आफ्नो आमासँग रहने गर्छन्। यसको बानी हेर्ने हो भने यो निकै कम सुत्ने माछा हो। यो करिब तीन महिनासम्म नसुतिकन बस्न सक्छ। किनभने यो गहिरो निद्रामा सुत्यो भने पानीमै डुबेर मर्ने सम्भावना हुन्छ।

यो माछाको मासु पनि निकै उपयोगी हुन्छ। यसको मासुबाट पफ्र्युम बन्ने गर्छ। त्यसैले विभिन्न पफ्र्युम कम्पनीहरूले यसको सिकार गर्छन्। सिकार हुन थालेपछि २०औं शताब्दीसम्म सबै महासागरमा पाइने यो माछा लोप हुने अवस्थामा पुग्यो। अहिले संसारमा यसको संख्या पाँचदेखि १२ हजारसम्म रहेको बताइन्छ। चोरी सिकारी बढ्न थालेपछि यसको संरक्षणका लागि सन् १९८६ तिर ह्वेल सिकारमा प्रतिबन्ध लगाइयो। तर लुकिछुपी ह्वेलको सिकार गर्ने क्रम भने हालसम्म रोकिएको पाइन्न।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.