बबीको कल्पना

बबीको कल्पना

बबिज वर्ल्ड (बबीको विश्व) बालबालिकाको लागि बनाइएको कमेडी टेलिभिजन शृंखला हो। यो अमेरिकी कार्टुन हो। कार्टुन फक्स किड्समा सन् १९९० देखि प्रदर्शनमा आएको हो।

यो कार्टुन क्यानाडेली कमेडियन होबी मण्डेलले बनाएका हुन्। उनले कार्टुनमा बबी र उनको बुवाको आवाजलाई पनि स्थान दिएका छन्।

यो कार्टुनका सात सिजन र ८१ एपिसोड छन्। कार्टुन बबीको दैनिक जीवनमा आधारित छ। बबीले आफ्नो कल्पनाले कसरी विश्वलाई देख्छन् भन्ने कुरा कार्टुनमा देखाइएको छ।

बबीको भाइ र बहिनी पनि छन्। उनीहरू कठोर स्वभावका छन्। उनको दाइ डेरेकले मौका मिल्नेबित्तिकै बबीलाई काले भन्दै बेइजत गर्छन्। उनको परिवारले पनि उनको कल्पनाशीलतालाई महत्त्व दिँदैन।

कार्टुनका पात्रहरूका बारेमा पनि जानौं न है।

रोबर्ट बबी जेनेरिक : उनी कार्टुनको प्रमुख पात्र हुन्। उनी चार वर्षीय कल्पनाशील बालक हुन्। उनी आफू एक काल्पनिक ठाउँ बबिल्यान्डबाट आएको दावा गर्छन्। बबिल्यान्डमा उनले आफ्नो नियम लागू गरेका छन्। उनको कालो कपाल छ। बबिल्यान्डमा उनले सेतो रङको ह्याट, सेतो मोजा, कालो जुत्ता र छोटो सेतो सर्ट लगाउँछन्। सर्ट छोटो भएकोले उनको पेट देखिरहन्छ। तर, पृथ्वीमा उनी रातो सर्ट लगाउँछन्।

हवार्ड जेनेरिक : उनी बबीको बुवा हुन्।

मार्था जेनेरिक : उनी बबीकी आमा हुन्। उनको रातो कपाल छ। उनले प्राय आकाशी रङको ट्र्याकसुट लगाउँछिन्।

केली जेनेरिक : उनी १५ वर्षीय विद्रोही स्वभावकी बबीकी दिदी हुन्। जेनेरिक दाजु बहिनीमा सबैभन्दा ठूली हुन्। उनी गोरो रङकी छन्। उनी सधैं बैजनी रङको आइस्याडो र गुलाबी रङको सुरुवाल लगाउँछिन्।

डरेक जेनेरिक : उनी बबीको १० वर्षीय दाइ हुन्। बदमास स्वभावको, र्‍याट टेल हेयरकट, नीलो जिन्स र व्यंग्यात्मक शैली उनको विशेषता हो। उसले सधैं आफ्नो भाइ बबीलाई काले भनेर जिस्क्याउने गर्छन्।

जेनेरिक जुम्ल्याहा : ज्याक र एलेक्स जेनेरिक जुम्ल्याहा हुन्। उनीहरूलाई कार्टुनको तेस्रो सिजनमा परिचित गराइएको थियो। उनीहरू मार्थाका छोरा हुन्। बबीको साना जुम्ल्याहा भाइ हुन्।

आन्टी रथ स्भेन : उनी बबीको आन्टी र मार्थाको बहिनी हुन्। उनको गोरो छाला छ। उनको स्वभाव र अनुहार राम्रो छ। उनी दयालु छन्। उनी आफ्नो सानो भतिजलाई माया गर्छिन्।

अंकल टेड स्भेन : उनी बबीको अंकल, मार्था र रुथको दाइ हुन्। उनी गोरो र ठूलो शरीर भएका मानिस हुन्। उनले पहेँलो रङको सर्ट लगाउँछन्। बबीलाई अंकलसँग घुम्न मनपर्छ।

रोगर : ऊ जेनेरिक परिवारको कुकुर हो।

जर्ज : उनी केली जेनेरिकको केटा साथी हुन्।

टिफानी : उनी पनि केलीका साथी हुन्। उनले ह्याट लगाउँछन्।

कार्टुनका अन्य पात्रहरूमा अम्बेर, एन्ड्रेया, ज्याकी, च्यारलोट आदि छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.