बास्केटबलका जादुगर

बास्केटबलका जादुगर

कोबी ब्रायन्ट अमेरिकी बास्केटबल खेलाडी हुन्। उनी बास्केटबलमा सर्वाधिक सफल खेलाडीको रूपमा चिनिन्छन्। उनको जन्म सन् १९७८ मा अमेरिकामा भएको थियो।

उनका बुबा जोई ब्रायन्ट फिलाडेल्फियाको भूतपूर्व बास्केटबल खेलाडी र लस एन्जलसको भूतपूर्व हेड कोच थिए। आमाको नाम कक्स ब्रायन्ट हो। उनको नाम जापानको प्रसिद्ध बिफको नामबाट राखिएको थियो। उनीहरूले एक रेस्टुरेन्टको मेनुमा उक्त नाम देखेका थिए। उनी सानो हुँदा बुवाले उनलाई जसरी पनि बास्केटबल खेलाडी बन्नुपर्छ भनेर प्रेरित गर्थे।

उनले तीन वर्षको उमेरबाट नै बास्केटबल खेल्न सुरु गरे। उनको हजुरबुवा उनलाई नेसनल बास्केटबल एसोसियनसन (एनबीए) खेलको भिडियो पठाउने गर्थे। उनी ६ वर्षको हुँदा उनका बुवाले नेसनल बास्केटबल एसोसियसन छाडिदिए र व्यावसायिक रूपमा बास्केटबल खेल्नको लागि आफ्नो परिवारसँग इटाली गए। गर्मी समयमा ब्रायन्ट बास्केटबल समर लिग खेल्न अमेरिका आउँथे। उनी फुटबल पनि खेल्थे। एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘इटालीमा हुन्थें भने म एक प्रोफेसनल फुटबल खेलाडी बन्थें।’

उनले फिलाडेल्फियाको स्कुल लोअर मेरियन हाइस्कुलबाट करियर सुरु गरे। हाइस्कुलको बास्केटबलमा उनको बुवा उनलाई प्रशिक्षित गर्थे। हाइस्कुलमा जुनियर खेल उनको साधारण रह्यो। तर, उनले सिनियर खेलाडीको रूपमा धेरै पुरस्कारहरू प्राप्त गरेका थिए। नाइस्मिथ हाइस्कुल प्लेयर अफ द इयर, मेकडोनाल्ड्सको अल अमेरिकन तथा यूएस टुडे अल यूएसए फस्र्ट टिम प्लेयर, आदि।

उनले नेसनल बास्केटबल एसोसियनसन एनबीएमा लस एन्जेलसको लागि सुटिङ गार्डको पोजिसनमा खेले। उनले सन् १९९७ मा स्लम डक प्रतियोगिता जितेर प्रशंसकको लागि एक मनपर्ने खेलाडीको रूपमा आफ्नो प्रतिष्ठा आर्जन गरे।

ब्रायन्टको बिश्वविद्यालय कोच ग्रेग डाउनरले भनेका थिए, ‘उनी एक पूर्ण खेलाडी हुन् जो खेलमा हाबी हुन्छन्।’ उनले १७ वर्षको उमेरमा एनबीए खेले। हाइस्कुलबाट सीधै एनबीएमा जाने उनी छैटौं खेलाडी हुन्। उनी हाइस्कुलबाट सीधै प्रोफेसनल खेलाडी बनेका थिए। उनको यो निर्णयले उनी धेरै चर्चामा पनि आएका थिए।

उनको सिनियर अन्तर्राष्ट्रिय करियर सन् २००६ बाट सुरु भयो। सन् २००८ मा बास्केटबलमा अमेरिकालाई ओलम्पिकमा स्थान दिलाउन उनको महŒवपूर्ण भूमिका रह्यो। उनी २००८ को गृष्मकालीन ओलम्पिकमा अमेरिकी राष्ट्रिय सिनियर टिमको एक महŒवपूर्ण खेलाडी पनि बनेका थिए। उनले दुई पटक ओलम्पिकमा स्वर्ण पदक प्राप्त गरेका थिए।

उनले एनबीएमा लगातार पाँच पटक एनबीए च्याम्पियनसिप जिते। २००५/०६ र २००६/०७ मा एनबीएको सर्वाधिक अंक बनाउने खेलाडीको रूपमा अगाडि आए। सन् २०१० मा उनी लेकर्स फ्रेन्चाइजको इतिहासमा सर्वाधिक स्कोर बनाउने खेलाडी बने। सन् २०१६ मा डियर बास्केटबल नामक पाँच मिनेट छोटो फिल्म लेखेबापत उनलाई ओस्कार अवार्ड पनि दिइएको थियो। उनी अल स्टार एमभीपी अवार्ड चार पटक र ११ पटक अल एनबीए टिममा छनौटमा परे।

उनले एनबीएको वार्षिक अल स्टार खेलमा १५ पटक स्थान बनाए। उनले आफ्नो करियरमा २० सिजन लस एन्जलस ल्याकर्सबाट खेलेका थिए। उनले एनबीएको प्लेअफमा ५६ सय ४० स्कोर गरे। यो एनबीएको इतिहासमा चौथो बढी स्कोर हो। उनले एनबीएमा ४८ हजार ६ सय ३७ मिनेट खेले। बढी समय खेल्ने खेलाडीको सूचीमा उनी आठौं स्थानमा रहे।

उनी १५ पटक अल एनबीए टिमको सदस्य, १२ पटक अल डिफेन्सिभ टिमको सदस्य, एनबीएमा दुई पटक मस्ट भ्यालुएवल प्लेयर बने। उनको निधन सन् २०२० जनवरी २६ मा क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटनामा भयो। उनलाई बास्केटबलको जादुगर पनि भनिन्थ्यो। उनको निधनले प्रशंसकमा शोकको लहर चलेको छ।

(एजेन्सीको सहयोगमा )


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.