बालबालिकाका लागि उपयोगी पत्रिका

बालबालिकाका लागि उपयोगी पत्रिका

आदर्श विद्या मन्दिर स्कुल बनेपाको प्रांगणमा विद्यार्थी हातमा अंकुर पत्रिका लिएर पढ्न बसेका छन्। विद्यार्थीले यस पत्रिका दैनिक रूपमा खाली समयमा पढ्ने गरेका छन्।

यो यस विद्यालयका विद्यार्थीका लागि दैनिकी जस्तै भइसक्यो। विद्याथी सधैं आइतबारको प्रतीक्षामा बसेका हुन्छन्। उनीहरू आइतबार विद्यालय आउनासाथ सर्वप्रथम लाइब्रेरीमा पुगी हाल्छन्। आफ्नो विद्यालयका साथसाथै अन्य विद्यालयबाट पठाइएका प्रकाशित सामग्रीहरू खोजी खोजी पढ्न थाल्छन्।

अंकुर पत्रिका विद्यार्थीका लागि रुचिको विषय बनेको छ। उक्त पत्रिका विद्यालयमा नै प्राप्त हुने भएकाले विद्यार्थीलाई सहज भएको छ। पत्रिका बहुउपयोगी छ। पत्रिका भित्र भएका विविध रोचक प्रसंग, शब्दजाल खेल कार्टुन, गतिविधि, कथा, जीवनी, गणितका रोचक प्रसंग आदि अति नै उपयोगी सामग्रीका रूपमा रहेकोले विद्यार्थीको रुचि यस पत्रिकामा छ।

विद्यार्थीमा भाषा साहित्यको ज्ञान अभिवृद्धिका लागि यो पत्रिका उपयोगी पनि छ। लेखन सीप हुनेहरूका लागि विविध लेख रचना तथा अन्य सामग्रीहरू प्रकाशन हँुदा विद्यार्थी हर्षित भएका छन्। लेख्नका लागि विद्यार्थीको उत्सुकता अझ राम्रो भएको छ। विद्यार्थीमा पढाइ सीपको विकासमा पनि यस पत्रिकाले सहयोग गरेको छ। विद्यार्थीमा भएको यस्तो परिवर्तनमा अंकुर पत्रिकाले सहयोग प्रदान गरेको छ।

पत्रिका नपढ्ने विद्यार्थी पनि अंकुर पत्रिका पाउनासाथ पढ्न थालिहाल्छन्। पाठ्यपुस्तकबाट मात्र नभई पत्रपत्रिकाबाट धेरै कुरा सिक्न सकिने रहेछ भन्ने कुरा विद्यार्थीले बुझिसकेका छन्। आफ्ना रचना र जन्मदिनको शुभकामनामा आफ्ना फोटो, चित्र वा कथा कविता हस्तलेखन छापिएको बारेमा आफ्ना अभिभावकलाई देखाउन उनीहरू उत्सुक रहन्छन्। विद्यार्थीले देखाएको उत्सुकताले अभिभावक पनि खुसी हुनुहुन्छ। अर्काे अंकमा आफ्ना लेख रचनाहरू प्रकाशित हुने आशामा केही न केही सामग्री पठाउने तयारीमा हुन्छन्।

केशव दाहाल

-आदर्श विद्या मन्दिर, बनेपा, काभ्रे
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.