राष्ट्रिय प्रशारणमा जोडियो घलेम्दी

राष्ट्रिय प्रशारणमा जोडियो घलेम्दी

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत्् आयोजनाबाट उत्पादित विद्युत्् केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ। नारच्याङको घरापस्थित तातोपानी साना जलविद्युत्् आयोजनाको सवस्टेसनबाट घलेम्दीको विद्युत्् केन्द्रीय लाइनमा जोडिएको हो। घलेम्दी हाइड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीले परीक्षण सफल भएपछि व्यवसायिक उत्पादन सुरु गर्ने बताए।

‘माघ १६ गतेदेखि परीक्षणका लागि राष्ट्रिय लाइनमा पठाएका छौ,’ उनले भने, ‘विद्युत् प्राधिकरणको प्राविधिक टोलीले अनुमति दिएपछि व्यवसायिक उत्पादन थाल्छौं।’ फागुन पहिलो सातादेखि व्यवसायिक उत्पादन सुरु गर्ने तयारी गरेको छ। दानामा २२० केभी क्षमताको सवस्टेसन र दाना–खुर्कोट प्रशारण लाइन तयार नहुँदासम्मका लागि ३३ केभी क्षमताको तातोपानी साना जलविद्युत् आयोजनाको सवस्टेसन प्रयोग गरिएको हो।

गत साउनमा बाँध, सुरुङ, पेनस्टक र पावरहाउसका उपकरणको परीक्षण सफल भए पनि प्रशारण लाइन र सवस्टेसन तयार नहुँदा घलेम्दी सञ्चालन हुन सकेको थिएन्। तातोपानीकै सवस्टेसन प्रयोग गरेको १३ मेगावाटको थापाखोला जलविद्युत् आयोजनासँग समन्वय गरेर घलेम्दीले राष्ट्रिय प्रशारणमा जोडेको हो। थापाखोलाले क्षमताको आधा मात्र उत्पादन गरेको छ। घलेम्दीमा २.५ मेगावाट विद्युत् निस्किएको छ।

२०७१ कात्तिकदेखि पूर्वाधार निर्माण सुरु भएको घलेम्दीको २०७४ भदौमा एक हजार ६९५ मिटर सुरुङको ब्रेक थ्रु भएको थियो।

यसैगरी नारच्याङमा रोवष्ट इनर्जीद्वारा लगानी भएको ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माणको ९८ प्रतिशत निर्माण सकिएको छ। बाँध, सुरुङ, विद्युत्गृह, प्रशारणलाइन र पेनस्टक पाइप निर्माण करिब सकिएको आयोजनाका परामर्शदाता इन्जिनियर दिवाकर खड्काले बताए। तीन वटा टर्वाइनमध्ये दुई वटा जडान भइसकेको छ।

‘प्रशारण लाइन र सब स्टेशन तयार हुने हो भने अबको एक महिनामा आयोजना सञ्चालन गर्न सकिन्छ,’ उनले भने। गत बैशाख अन्तिम साता दुई हजार २७०.५ मिटर सुरुङको ब्रेक थ्रु भएको थियो। सन् २०१६ को जुन १३ मा आयोजनाको सुरुङ निर्माण सुरु भएको थियो। नारच्याङको बेसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युत्गृह निर्माण गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.