यसरी बच्न सकिन्छ कोरोना भाइरसबाट

यसरी बच्न सकिन्छ कोरोना भाइरसबाट

भाइबहिनीहरू, तिमीहरूले आजभोलि नोवेल कोरोना भाइरसको नाम धेरै सुनेका हौला । यस भाइरसले संक्रमण सबैभन्दा बढी चीनमा फैलिएको छ । यस भाइरसको संक्रमणको पहिलो केस चीनको हुबेई प्रान्तमा देखिएको हो । यसको संक्रमणबाट चीनमा तीन सय ६१ जनाको मृत्यु भइसकेको छ । चीनबाहिर फिलिपिन्समा एक जनाको मृत्यु भएको छ । हालसम्म २६ मुलुकमा पनि यसको संक्रमण फैलिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार यस रोगको संक्रमण मानवबाट मानवमा भएको पुष्टि गरिसकेको छ । यसको संक्रमण बढ्दै गएपछि गत माघ १६ गते डब्लूएचओले विश्वव्यापीरूपमा स्वास्थ्य आपत्कालीन घोषणा गरेको थियो ।

नेपालमा प्रभाव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनबाट घर फर्केका एक जना नेपाली युवामा संक्रमण भेटिएको बताए । संक्रमित ती युवाको रगत र र्‍यालको नमुनाको परीक्षण गरिएको थियो । अहिले ती युवा स्वस्थ नै छन् । यस भाइरसको संक्रमण पछि देखिने लक्षणहरू अन्य केही व्यक्तिमा पनि देखिएको थियो । शंकास्पद अन्य १३ जना बिरामीको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण पछि ती व्यक्तिहरूलाई कोरोना भाइरसको संक्रमण भएको पाइएन ।

के हो नोवल कोरोना भाइरस ?

  डा. विवेककुमार लालका अनुसार, नोवल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो । यस भाइरसले मानिस र पशुमा संक्रमण गर्छ । यस भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको श्वासप्रश्वासको समस्या निम्त्याउँछ ।

लक्षणहरू

कोरोेना भाइरसको संक्रमण भएको १५ दिनभित्र लक्षण देखिने डा. लाल बताउँछन् । संक्रमण भएको दुई सातापछि देखिने लक्षणहरू यस प्रकार छन् ।

· ज्वरो आउने

· श्वासप्रश्वासमा समस्या देखिने

· रुघाखोकी लाग्ने

· घाँटी/टाउको दुख्ने

कसरी जोगिने ?

रुघाखोकी लागेको तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ ।

· नियमित रूपमा साबुनपानीले हात धुने

· खोक्दा, हाच्छ्युँ गर्दा नाक मुख छोप्ने

· संक्रमित व्यक्तिबाट टाढा बस्ने

· मास्क लगाएर हिँडडुल गर्ने

· पशुजन्य मासु तथा अन्डा राम्रोसँग पकाएर खाने

· जंगली र घरपालुवा पशुपन्छीको असुरक्षित सम्पर्कबाट टाढा राख्ने

के छ उपचार ?

नोवेल कोरोना भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन । डा. लालका अनुसार, यो भाइरसले निम्त्याएका लक्षणको आधारमा उपचार गरिन्छ । यस भाइरसको विरुद्ध हालसम्म कुनै खोप बनेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.