दादुरा / रुबेलाको खोप लगायौ ?

दादुरा / रुबेलाको खोप लगायौ ?

भाइबहिनीहरू, तिमीले दादुरा र रुबेलाको खोप लगाएका छौ ? तिमीहरूले खोप लगाएका छौ भने रोग लाग्दैन । तर, एलकेजी वा यूकेजीमा पढिरहेका तिमीहरूका भाइबहिनीले यो खोप लगाएका छन् कि छैनन् ? खोप लिएका छैनन् भने सम्झाइदेऊ है ।

डा. झलक गौतमका अनुसार दादुरा र रुबेलाको खोप लगाउन छुटेका वा नलगाएका बालबालिकाका लागि अभियान सञ्चालन गरिएको छ । यसका लागि घरनजिकैको स्वास्थ्य केन्द्रमा खोप लगाउने व्यवस्था गरिएको छ । यसअघि खोप लगाउन छुटेको वा खोप नलगाएका कोही छन् भने जानकारी देऊ है । हाम्रो देशमा दादुरा र रुबेलाको खोप नपाएका बालबालिका पनि छन् ।

के हो, दादुरा रुबेला ?

दादुरा अति छिटो सर्ने संक्रामक रोग हो । यो मिजल्स भाइरसका कारण हुने गर्छ । रुबेला पनि रुबेला भाइरसकै कारणबाट हुने दादुराजस्तै संक्रामक रोग हो । यी रोगहरू सामान्यतया पाँच वर्षमुनिका बालबालिकालाई लाग्ने डा. गौतमको भनाइ छ । बालमृत्युका कारणमध्ये दादुरा पनि एक प्रमुख कारण हो ।

रुबेला रोगको असर दादुराभन्दा सामान्य प्रकारको हुन्छ । डा. गौतमका अनुसार गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने जोखिम हुन्छ । समय नपुगी बच्चा जन्मन्छ । मृत बच्चा जन्मने र गम्भीर प्रकारको जन्मजात हुने विकलांग देखा पर्न सक्छ ।

कसरी सर्छ ?

दादुरा÷रुबेला भाइरसको संक्रमण मानिसमा मात्र सर्छ । संक्रमण भएको व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा निस्कने छिटाले एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्छ ।

यो भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही वृद्धि हुन्छ । यसले श्वास नली एवं अरू भित्री अंगहरूमा संक्रमण गर्छ ।

लक्षणहरू

नाकबाट पानी बग्ने

खोकी लाग्ने

ज्वरो आउने

आँखा रातो हुने

आँखा पाक्ने

शरीरमा राता बिमिरा देखिने

जटिलता

दादुराको जटिलता

· अन्धोपना

· पखाला लाग्ने

· कानको संक्रमण

· निमोनिया

· मस्तिष्कमा कडा खालको संक्रमण

रुबेलाको जटिलता

· हाडजोर्नी सुन्निने

· मस्तिष्कमा संक्रमण

· गर्भपतन हुने वा मृत शिशु जन्मने

· जन्मँदै विकलांग हुने

· रक्तस्राव हुने

उपचार

दादुरा रुबेला रोग लागेपछि यसको खास उपचार छैन । यस रोग लागेमा अरूलाई सर्नबाट जोगाउनु पर्छ । यसका लागि स्वास्थ्य संस्थामा गई लक्षणअनुसार र जटिलताको प्रचार गर्नुपर्छ । साथै बिरामीलाई भिटामिन ‘ए’ अनिवार्य रूपमा खुवाउनु पर्छ ।

यस रोगबाट बच्ने उपाय भनेको दादुरा रुबेलाविरुद्धको खोप लिनु हो । खोप लिँदा पैसा तिर्नु पर्दैन । यो रोगबाट बचाउन बालबालिकालाई खोपको दुई मात्रा लगाउनुपर्छ । पहिलो मात्रा नौ महिना पुगेपछि र दोस्रो मात्रा १५ महिना पुगेपछि पूरा गराउनै पर्छ । खोप दुई मात्रा दिएमा जीवनभर दादुरा रुबेला रोगबाट सुरक्षा गर्छ ।


नौ महिनादेखि पाँच वर्ष मुनिकालाई खोप

सरकारले दादुरा रुबेला रोग निवारण गर्ने उद्देश्यले जोखिममा रहेका बालबालिकालाई खोप प्रदान गर्न विशेष खोप कार्यक्रम देशैभर सञ्चालन गरेको छ । यो खोप अभियानमा यसअघि खोप लिएका तथा नलिएका बालबालिकालाई खोप लगाइने डा. गौतमको भनाइ छ । नौ महिनादेखि ५९ महिनासम्मका (पाँच वर्ष मुनिका) सबै बालबालिकालाई खोप लगाइन्छ । यसअघि खोप लगाएको भए पनि यो अभियानमा दादुरा रुबेला खोपको थप एक मात्रा नछुटाई लगाउनु पर्छ । यो अभियानमा दिइएको खोप दादुरा रुबेला खोप पूरक (थप) मात्रा हो ।

खोप लगाएपछिको असर

यो खोप सुरक्षित र प्रभावकारी छ । विश्वका अन्य मुलुकमा पनि खोप सञ्चालन भइरहेको छ । नेपालमा ३५ वर्षदेखि खोप नियमित सञ्चालन भइरहेको डा. गौतमको भनाइ छ । यो खोप लगाएपछि सामान्य ज्वरो आउने, खोप लगाएको ठाउँमा केही दुख्ने वा सुन्निने र खोप लगाएको एक सातापछि बिमिरा देखिन सक्छ । यी सामान्य असर देखिए पनि पछि आफैं ठीक हुने डा. गौतम बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.