स्कुल तहका प्रतिस्पर्धा गराएर विद्यार्थीलाई फुटबलमा आकर्षित गर्नुपर्छ

स्कुल तहका प्रतिस्पर्धा गराएर विद्यार्थीलाई फुटबलमा आकर्षित गर्नुपर्छ

पूर्व फुटबल खेलाडि हुन् हरि खड्का। लामो समय फुटबल क्षेत्रमा योगदान गरेका खड्का अहिले पनि यहि क्षेत्रमा सक्रिय छन्। बाल्यकालदेखि फुटबलमा रुचि राख्ने उनले जर्मनको एकाडेमीमा समेत गएर प्रशिक्षण लिएका थिए।

उनले सन् १९९५ को सार्क गोल्डकपबाट राष्ट्रिय टिममा खेल्न थालेका थिए। यस बाहेक भारतका मोहन बगान लगायतका क्लबमा आबद्ध भएर पनि उनले खेलेका छन्। सक्रिय खेल जीवनबाट सन्यास लिएपछि उनले फुटबल क्षेत्रलाई भने छाड्न सकेका छैनन। केहि समय अघिसम्म उनी राष्ट्रिय महिला टिमको प्रशिक्षक थिए।

प्रशिक्षकबाट राजिनामा दिएपछि उनी राष्ट्रिय महिला फुटबल विभागको प्रमुखका रुपमा कार्यरत छन्। ‘महिला राष्ट्रिय टिमको प्रशिक्षकबाट राजिनामा दिएपछि राष्ट्रिय महिला फुटबल विभाग प्रमुख भएर काम गरिरहेको छु,’ उनले भने। विभाग प्रमुख हुँदा महिला टिमको खेललाई कसरी अगाडी बढाउने, कसरी एक्सपोजर दिने भन्नेमा उनी जुटेका छन्। यसबाहेक उनी फुटबल एकडेमी र विभिन्न विद्यालयका बालबालिकालाई पनि खेल सिकाइरहेका छन्। ‘विभिन्न स्कुलहरू र एकेडेमीमा पनि काम गरिरहेको छु,’ उनले भने, ‘फुटबलले नै यहाँसम्म ल्यायो, त्यसैले यो काममा निरन्तर लागिरहने छु।’

फुटबलमा पहिलेको भन्दा अहिलेका नयाँ पुस्तालाई धेरै राम्रो अवसर भएको उनको अनुभव छ। विद्यालयहरूले नै फुटबलका लागि विभिन्न प्रतियोगिता आयोजना गर्ने गरेका छन्। विभिन्न समयमा लिगहरू भइरहेका हुन्छन्। लिगले फुटबलको संरचना तयार गर्ने उनी बताउँछन्। लिगहरु धेरै भएमा खेलाडीले बाँच्ने आधार पाउँछन् भन्ने उनको तर्क छ। नेतृत्व तहले नीति राम्रो बनाइदिए लिगलाई दीर्घकालिन समयसम्म सञ्चालन गर्न सकिने उनको भनाई छ।

‘हामीले खेल्न सुरु गर्दा स्कुलमा अथवा बाहिर ‘ट्रेनिङ सेन्टर’हरू थिएनन्। तर अहिले स्कुलमा विद्यार्थीलाई पनि फुटबलको तालिम दिइन्छ। जुन राम्रो कुरा हो। यसले स्कुल स्तरका बालबालिकालाई फुटबल खेल्नका लागि प्रोत्साहन गर्छ,’ उनले भने।

विद्यालय तहका विद्यार्थीलाई फुटबलमा जोड्न अहिले ‘ग्रासरुट प्रोग्राम’ सञ्चालन गरिएको छ। यसमा ९ बर्ष देखि १२ बर्ष सम्मका बालबालिकालाई समेटिएको छ। विभिन्न उमेर समुहका बालबालिकाका लागि फुटबलका टुर्नामेन्टहरू हुन्छन्। जसबाट स्कुलमा राम्रो खेल्ने विद्यार्थीलाई खेलमा तान्ने गरिन्छ। तर स्कुल तह पछि भने कलेज स्तरमा धेरै खेलहरू नहुँने हुनाले नयाँ खेलाडि उत्पादनमा समस्या देखिएको खड्का बताउँछन्। स्कुलको टुनामेन्र्टका साथसाथै कलेजमा पनि टुनामेन्र्ट सञ्चालन गर्न सके राम्रो हुने उनको तर्क छ। अहिले स्कुल स्तरका विद्यार्थीलाई खेल सिकाउन अझ धेरै टुर्नामेन्टहरू गरानुपर्ने उनको भनाइ छ।

‘राष्ट्रिय स्तरको खेलमा पनि हामीले युवाको टुर्नामेन्ट बढाउनु जरुरी छ,’ उनी भन्छन्, ‘किनकी भोलिको ब्याकबोन भनेकै युवा हुन्। त्यसैले विद्यार्थीलाई स्कुल तहबाट फुटबलका विभिन्न प्रतिस्पर्धामा सहभागी गराएर यसप्रति उनीहरूलाई आकर्षित गर्नुपर्छ।’

विद्यालय तहबाट खेलकुदका क्षेत्रमा खेलाडी उत्पादन गर्न खेलकुद मन्त्रालय र शिक्षा मन्त्रालय मिलेर नीति बनाउनु पर्ने उनले बताए। उनी भन्छन्, ‘नीति बनाएर काम गरे विद्यालय तहबाट नै खेलकुदका विषयमा जानकारी दिन सकिन्छ। विद्यार्थीलाई आकर्षित गर्न सकिन्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.