डिभिजन सडकका हाकिमविरुद्ध ४ करोडको मुद्दा
काठमाडौं : डिभिजन सडक कार्यालय विराटनगर, मोरङका तत्कालीन डिभिजन प्रमुख (सीडीई) जितेन्द्र कुमार चौधरीविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन प्रमुख चौधरीविरुद्ध ३ करोड ९९ लाख ४४ हजार विगो कायम गरिएको छ ।
उनीविरुद्ध पदीय मर्यादा विपरित सडकका विभिन्न आयोजनामा बसी ठेकेदारसँग मिलेर गैरकानूनी सम्पत्ति आर्जन गरी घर घडेरी बैंक व्यालेन्स जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । यो मुद्दामा उनका श्रीमति र छोराछोरीलाई पनि प्रतिवादी बनाइएको छ ।