बालबालिकालाई सिटिजन्स बैंकको सहयोग
डोल्पा : डोल्पामा रहेको सिटिजन्स इन्टरनेसल बैंकले बालबालिकालाई ५० हजार रकम सहयोग गरेको छ। बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत मुकुटेश्वर अपांग सेवा समिति डोल्पाका २० जना फरक क्षमता भएको बालबालिका र बाल मन्दिर आधारभूत विद्यालयका १० जना बहिरा बालबालिकालाई ५० हजारको चेक हस्तान्त्रण गरेको हो ।
त्यसैगरी सदरमुकाममै रहेको सरस्वती माध्यामिक विद्यालयका बालबालिकालाई पनि ५० हजारको चेक हस्तान्त्रण गरेको सिटिजन्स इन्टरनेसल बैंकको शाखाका प्रबन्धक नबिन बोहोराले जानकारी दिए ।
बैंकले हस्तान्तरण गरेको रकमबाट अपांग बालबालिकालाई आवश्यक सामान किनिदिने मुकुटेश्वर अपांग सेवा समितिका अध्यक्ष चन्द्रबहादुर रोकायाले जानकारी दिए ।