तस्बिरमा प्रदेश १ को प्रजातन्त्र दिवस

तस्बिरमा प्रदेश १ को प्रजातन्त्र दिवस

विराटनगर : प्रदेश १ सरकारले ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विराटनगरमा प्रभातफेरीको आयोजना गरेको छ । बुधबार बिहान ७ बजे रोडशेष चोकमा भेला भई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी गरी र्‍याली मूलसमारोहमा परिणत भएको थियो ।मुलसमारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र बहाली गर्ने क्रममा हाँसिल गरिएका अभूतपूर्व उपलब्धीहरु संस्थागत हुँदै गइरहेको बताए । ‘विभिन्न कालखण्डमा भएका संघर्षहरुबाट मुलुकमा प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धि धमाधम संस्थागत हुँदै गइरहेको छ,’ उनले भने, ‘जनताले राजनीतिक स्वतन्त्रता हाँसिल गरेको फागुन ७ लाई ऐतिहासिक दिनको सम्झना गरी हामी यो दिवस मनाइरहेका छौं ।’आजको दिन देशलाई लामो समयसम्म निरंकुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको दिनका रुपमा सबैले सधैं सम्झनुपर्ने मुख्यमन्त्री राईको भनाई थियो। 

दिवसका अवसरमा फागुन ६ गते प्रदेशभित्रका सबै सरकारी कार्यालयले आ–आफ्नो कार्यालय परिसरमा सरसफाइ गरेका थिए ।  फागुन ८ गते सामाजिक विकास मन्त्रालयले सबै जिल्ला अस्पतालका बिरामी, वृद्धाश्रम, अनाथालयमा फलफूल वितरण गर्ने र तीनै दिन साँझ दिपावली गर्ने निर्णय प्रदेश सरकारले गरेको थियो ।

यस्तै धनकुटाको शहीदभूमि गाउँपालिकामा छिन्ताङ काण्डका शहीदप्रति आज नै सम्मान र परिवारलाई राहत उपलब्ध गराउन आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की धनकुटा गएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.