नमुना लिफ्ट खानेपानी आयोजना : कामै नसकी उद्घाटन तयारी

नमुना लिफ्ट खानेपानी आयोजना : कामै नसकी उद्घाटन तयारी

फिदिम : देशकै नमुना र ठूलो लिफ्ट खानेपानी आयोजना। निर्माण कार्य ९८ प्रतिशत मात्र पूरा भएको छ। कुम्मायक गाउँपालिकामा सञ्चालित आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अन्य आधा दर्जन मन्त्रीबाट आइतबार उद्घाटन हुँदै छ। उपभोक्ता भने बाँकी कामले पूर्णता पाउन ढिलाइ हुने भन्दै चिन्तित छन्। निर्माण पक्षले भने काम सक्न अब तीन महिना लाग्ने बताएका छन्।

आयोजना निर्माण ०७२÷७३ मा थालिएको थियो। ‘उद्घाटको तयारी अन्तिम चरणमा पुगेको छ,’ तमोर लिफ्ट खानेपानी उपभोक्ता समितिका अध्यक्ष डम्बरसिंह सम्बाहम्फेले भने, ‘प्रधानमन्त्रीसहति आधा दर्जन मन्त्री उद्घाटन कार्यक्रममा आउने तयारी छ।’ उनका अनुसार आयोजना उद्घाटन गर्न प्रधानमन्त्री ओली, भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्बाङ, खानेपानीमन्त्री बिना मगर, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कानुनमन्त्री शिवमाया तुम्बाहम्फे यासोक आउने निश्चित भइसकेको छ।

तमोर नदीको लुमुघाटदेखि १७ किलोमिटरमाथिको कुम्मायक मन्दिरछेउसम्म पानी तानेर वितरण गर्न लागिएको हो। खोलाको पानी तानेर परीक्षण गर्ने काम भइरहेको छ। ‘उपभोक्ताको घरसम्म लाइन विस्तार गर्न बाँकी छ,’ निर्माण व्यवसायी लोकेन्द्र राजभण्डारीले भने, ‘बाँकी हाउस कनेक्सन पनि चाँडै पूरा हुन्छ।’

कुम्मायक गाउँपालिकाका– १, ३, ४ र ५ का मानिसलाई पानी पु¥याउने उद्देश्यले आयोजना सञ्चालनमा ल्याउन खोजिएको हो। आयोजनाबाट तीन हजार ४३ घरधुरीका १३ हजार दुई सय ६६ मानिस लाभान्वित हुने भएका छन्। हालसम्म दुई हजार एक सय घरधुरीमा मात्र वितरण लाइन विस्तार गरिएको छ। लाइन विस्तार गरिएका सबै घरमा पानी पुग्ने स्थिति नभएको वडा नं १ यासोकका वडाध्यक्ष देवेन्द्र लावतीले बताए। ‘कामले पूर्णता नपाई उद्घाटन तयारी गरिएकाले केही उपभोक्ता सशंकित भएका छन्,’ उनले भने, ‘उद्घाटनपछि बाँकी कामले पूर्णता पाउन ढिलाइ हुने हो कि भन्ने चिन्ता छ।’

पानी अभावकै कारण गाउँका मानिस बसाइँ जान थालेपछि आयोजना सुरु गरिएको हो। आयोजनाको मुख्य प्रसारण लाइन १७ किलोमिटर र वितरण लाइन एक सय ९२ किलोमिटर लम्बाइ छ। मुख्य प्रसारण लाइन र वितरण लाइनका लागि छुट्टाछुट्टै ठेक्का लागेको थियो। मुख्य प्रसारण लाइन (पम्पिङ) का लागि १९ करोड ५२ लाख ५० हजार रुपैयाँमा प्रेरणा–स्वामीनारायण जेभी र वितरण लाइनका लागि २२ करोड १० लाख रुपैयाँमा कन्काई–महादेव खिम्ती–स्वामीनारायण जेभीले काम पाएका हुन्।

तमोर नदीको पानी पम्पिङ गर्नकै लागि विद्युत् विस्तार गरिएको छ। आयोजनाको सातवटा स्टेसन छन्। ती स्टेसनका पानी जम्मा गर्न ११ वटा ट्यांकी बनाइएको छ। अन्तिम स्टेसनसम्म प्रतिसकेन्ड २०.३ लिटरका दरले पानी आउने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.