परीक्षा लेखाइमा सीमित गरिनु हुँदैन

परीक्षा लेखाइमा सीमित गरिनु हुँदैन

मन्टेस्वरी शिक्षा औपचारिक शिक्षाको जग मानिन्छ। करिब दुईदेखि पाँच वर्षका बालबालिकाको समय बिताउने ठाउँ हो, प्री–स्कुल। प्री–स्कुलले बालबालिकाको शैक्षिक विकास मात्र नभई भावनात्मक, सामाजिक र शारीरिक विकास गर्न महर्‍वपूर्ण भूमिका खेल्ने गर्छ। मन्टेस्वरी शिक्षा नेपालमा भित्रिएको धेरै भएको छैन। त्यसैले नेपाली परिवेशमा कस्तो मन्टेस्वरी शिक्षा हुनुपर्छ भन्ने कुराको अनुसन्धान कम भएको पाइन्छ।

नेपालमा भएका प्री–स्कुलमा पूर्णतः मन्टेस्वरी शिक्षण विधि अपनाइएको पाइँदैन। सन् १८७० मा जन्मिएकी मारिया मन्टेस्वरीले विकास गरेकी मन्टेस्वरी पद्धतिमा बालबालिकामा सिकाएर पढाउने शैली अपनाइएको थियो। तर नेपालमा विशुद्ध मन्टेस्वरी पद्धतिबाट सिकाउँदा बालबालिका मौखिक रूपले सबै जान्ने तर लिखित रूपमा कमजोर देखिने भएकाले मि िश्रत प्रणाली अपनाई पढाउने गरिन्छ।

यसै सन्दर्भमा एउटा महर्‍वपूर्ण विषय हो— बालबालिकालाई परीक्षा लिनु उपयुक्त हुने कि नहुने। यस विषयमा आआफ्ना तर्क हुन सक्छन्। पूर्ण मन्टेस्वरी शिक्षामा औपचारिक परीक्षा लिने गरिँदैन। कतिपय विकसित मुलुकहरूमा पनि यसको मिश्रित व्यवस्था अपनाइएको पाइन्छ। संयुक्त राज्य अमेरिकामा गरिएको एक अनुसन्धानअनुसार बालबालिकालाई समय समयमा लिने परीक्षाले उनीहरूमा सकारात्मक प्रभाव पारेको देखियो। तर परीक्षाको किसिममा सचेतता र सामग्रीको सही प्रयोग गरिएन भने त्यसले नकारात्मक असर पनि पर्न सक्ने देखिन्छ। 

साना बाबुनानीले पाठ्यपुस्तकमा भएका सामग्रीबाट भन्दा पनि ‘गराइबाट सिकाइ’ पद्धतिबाट छिटो सिक्ने हुँदा परीक्षा लिँदा पाठ्यक्रमका साम्रगी मात्र सोध्ने गर्नु हुँदैन। परीक्षा लेखाइमा मात्र सीमित गरिनु हुँदैन। उत्तरपुस्तिका लेखाइ एउटा किसिमको मात्र परीक्षा हुनसक्छ, सबै किसिमको होइन।

परीक्षा लिखित मात्र नभई, मौखिक क्रियाकलापमा आधारित हुनुपर्छ। समयतालिका बनाएर लिइने परीक्षालाई मात्र परीक्षा नमानेर बालबालिकाको दिनदिनै हुने गृहकार्य, बालबालिकाका साथीहरूसँगको व्यवहार, बालबालिकाले आफूभन्दा ठूलोसँग गर्ने व्यवहार, साथीहरूबीच सामग्री आदानप्रदान, कक्षामा तिनीहरूको स्वभाव सबै कुरा परीक्षाका अभिन्न अंग हुनुपर्छ। परीक्षा लिनुका केही प्राथमिक उद्देश्य यसप्रकार छन् ः

१. परीक्षाले बालबालिकाको सिकाइलाई सहयोग पुर्‍याउँछ।

२. सबै बालबालिकाको क्षमता समान हुँदैन। बालबालिकाका केही गुण औसतभन्दा तल छ कि माथि भन्ने कुरा परीक्षाबाट थाहा पाउन सकिन्छ।

३. बालबालिकामा कुनै मानसिक, शारीरिक र भावनात्मक रूपमा गाह्रो छ कि छैन भन्ने थाहा पाउन सकिन्छ। गाह्रो भएको खण्डमा उनीहरूका लागि विशेष आवश्यकता के हो भनेर समाधानतिर जान सहयोगी भूमिका खेल्छ।

४. दुईदेखि पाँच वर्षसम्मको मस्तिष्क विकास छिटो हुने गर्छ। बालबालिकाको विकासक्रम थाहा पाउन सहयोग पुर्‍याउँछ।

५. बालबालिकाको शैक्षिक विकास मापन गर्न सहयोगी हुन्छ।

६. बालबालिकालाई उपल्लो कक्षामा लैजान मिल्ने÷नमिल्ने जाँच्न सहयोग गर्छ।

७. बालबालिकाको रुचि कतापट्टि बढी छ, उनीहरूको कमजोर र बलियो पक्षको

     जानकारी प्रदान गर्छ।

८. शिक्षक शिक्षिकाहरूलाई पाठ्यक्रम र सिकाउने पद्धति परिवर्तन गर्ने कुराको जानकारी लिन सहयोग गर्छ।

९. स्कुलको जवाफदेहिताका लागि पनि परीक्षा जरुरी छ। नेपालमा धेरैजसो अभिभावक बालबालिका प्री–स्कुलमा गएको केही दिनमै आउने शैक्षिक परिवर्तनको अपेक्षा गर्नुहुन्छ। त्यसका लागि पनि नेपाली परिप्रेक्ष्यमा परीक्षा लिनु उपर्युक्त हुन्छ। यसले बालबालिकाको प्रगति अभिभावकलाई जानकारी गराउन र स्कुल प्रशासन र अभिभावक मिलेर बच्चाको चौतर्फी विकासमा सहयोगी भूमिका खेल्छ।

यी विभिन्न फाइदा भए पनि परीक्षा लिने प्रक्रिया, सामग्री, समय, ठाउँमा सूक्ष्म अध्ययन नगरिएमा परीक्षाबाट नकारात्मक असर पर्ने गर्छ। परीक्षा लिखित रूपमा मात्र सीमित गरिए बालबालिकामा पढाइ र स्कुलप्रति वितृष्णा पैदा हुन्छ। अतः प्री–स्कुलमा परीक्षा लिँदा बालबालिकाको मनोभाव र चाख बुझेर लचकता अपनाई परीक्षा लिनुपर्छ। परीक्षा बहुआयामिक हुनुपर्छ र त्यसलाई प्रतिशत (स्कोर)मा कदापि बदलिनु हुँदैन। अभिभावकले पनि बालबालिकाको शैक्षिक विकासमा मात्र ध्यान नदिई उनीहरूको सर्वांगीण विकास भयो कि भएन भनेर ध्यान दिनु जरुरी हुन्छ।

(अर्याल डिल्लीबजारस्थित मानसी किड्स प्यालेसकी कार्यकारी निर्देशक हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.