बहस विज्ञान र गणितको
गणित र विज्ञानलाई अप्ठ्यारो र गाह्रो विषयको रूपमा लिने गरिन्छ। विद्यार्थीले मानेजस्तो कठिन भने गणित र विज्ञान विषय छैनन्। पढ्ने तरिका नजानेर यी विषय उनीहरूका लागि अप्ठ्यारा लागेका हुन्।
अप्ठ्यारो र गाह्रो मानेर अध्ययन नै नगर्दा यी विषयमा धेरै विद्यार्थी असफल हँुदै आएका हुन्। तर गहन र राम्रोसँग अध्ययन गर्ने विद्यार्थीले यी विषयमा नै सबैभन्दा राम्रोसमेत गर्ने गरेका छन्। अध्ययन गर्ने विधि नजान्दा गणित र विज्ञानको विषयमा भ्रम सिर्जना भएको हो। गणित र विज्ञान भन्नेबित्तिकै गाह्रो विषय हो भनेर ध्यान नदिँदा समस्या पर्दै आएको छ।
यी विषयमा ध्यान दिएर पढे परीक्षामा राम्रो अंक आउँछ। यसले विद्यार्थीको ओभरअल ग्रेडमा समेत प्रभाव पारी नतिजा राम्रो बनाउन सहयोग गर्छ।
यस्ता विषयहरूलाई विद्यार्थीले अलिकति नयाँ तरिका र विधि प्रयोग गरेर पढेको खण्डमा औसत ग्रेड पनि राम्रो आउँछ। एसईई परीक्षा नजिक आउँदै गरेकाले यसको तयारीमा रहेका विद्यार्थीले यी विभिन्न तरिका अपनाएर पढेमा गणित र विज्ञानमा राम्रो अंक ल्याउन सक्छन्।
परीक्षा पूर्व गर्ने तयारी
- सबैभन्दा पहिले विद्यार्थीले कुनै पनि कक्षा छुटाउनु हुँदैन। साथै कक्षामा एकदमै ध्यान दिएर पढ्नु पर्छ।
- गणित र विज्ञान विषय पढ्दा घोकेर मात्र वा बुझेर मात्र परीक्षामा राम्रो अंक आउँदैन। बुभ्mने, घोक्ने, टेक्निक लगाउने र अभ्यास गर्ने। यी चार विधिलाई ध्यानमा राखेर पढ्यो भने गणित र विज्ञान गाह्रो लाग्दैन।
- गणितका सूत्र, विज्ञानका परिभाषा, रासायनिक नाम घोक्नै पर्छ भने धेरै कुराहरू त बुझ्नुपर्छ। नबुझेको कुरालाई नबिर्सन विभिन्न टेक्निक लगाउनु पर्छ। टेक्निक आफैंले सम्झिने खालको सूत्रहरू प्रयोग गरेर बनाउनु पर्छ।
यति गरेर मात्रै गणित र विज्ञानमा राम्रो अंक (ग्रेड) आउन सक्दैन। त्यसको लागि प्रशस्त अभ्यास गर्नुपर्छ। भनिन्छ नि ‘प्राक्टिस मेक्स मेन पर्फेक्ट’। हो अभ्यासले नै गणित विज्ञानका हिसाबहरूमा पोख्त भइन्छ।
- पढ्ने क्रममा पनि समय तालिका ‘रुटिन’ बनाएर पढ्नु पर्छ। रुटिन बनाउँदा सबै विषयलाई उत्तिकै महŒवमा राखे पनि गणित र विज्ञानलाई अरूभन्दा अलिकति बढी समय छुट्ट्याउने र पढ्ने गर्नुपर्छ।
- शिक्षकले पढाएको नबुझेमा सोध्न हिच्किचाउँनु हँुदैन। जति बढी शिक्षकसँग प्रश्नोत्तर गर्यो त्यति धेरै ज्ञान बढ्छ। नबुझेको कुरा सोधेन भने आफैं पछि परिन्छ। कमजोर विद्यार्थीले शिक्षकले पढाएको नबुझेको खण्डमा कक्षाकै जान्ने साथीसँग सोधेर सिक्ने गर्दा पनि छिटो सिकिन्छ। त्यसैले साथीहरूसँग नजानेको सोध्न हिच्किचाउनु हुँदैन।
- राम्रो विद्यार्थीले साथीहरूलाई सिकाउने गर्दा उसको थप ज्ञान बढ्छ। साथीलाई सिकाउँदा आफ्नो अभ्यास पनि भइरहन्छ।
- विज्ञानको प्रयोगात्मक कक्षा त्यति नै महŒवपूर्ण हुन्छ। विज्ञानको ‘प्राक्टिकल’ गराउँदा ध्यान दिएर हेर्ने अनि आफूले पनि गर्ने गर्नुपर्छ। प्राक्टिकल गर्दा छिटो सिक्न सकिन्छ। बेलाबेला ‘ग्रुप स्टडी’ पनि गर्नु आवश्यक हुन्छ। ग्रुप स्टडीले अध्ययनमा धेरै मद्दत गर्छ। गणित र विज्ञानमा एकदमै कमजोर भएमा ‘एक्स्ट्रा’ कक्षाहरू लिएर पनि तयारी गर्न सकिन्छ।
आजको विज्ञान तथा प्रविधिको युगमा विज्ञान, गािणतका नयाँनयाँ कुरा इन्टरनेटमा सर्च गरेर पनि खोज्न सकिन्छ। अब इन्टरनेट, कम्प्युटरबाटै पढ्ने, पढाउने गर्दा पनि विज्ञान र गणित सिक्न सजिलो हुन्छ। इन्टरनेटबाट अध्ययन गर्ने परिपाटीको विकास गर्दै लानुपर्छ। इन्टरनेटबाट नयाँ टेक्निकहरू सिक्न सकिन्छ। त्यसैले इन्टरनेटको सही सदुपयोग गर्नुपर्र्छ।
- लेखेर पढ्ने बानीले गणित र विज्ञानमा ग्रेड बढाउन सहज हुन्छ। गणित त अभ्यास नगरी हुँदै नहुने विषय हो। विज्ञान पनि जति धेरै लेखेर अभ्यास गर्यो त्यति नै सहज हुन्छ। विद्यार्थीले पढेको कुरा लेख्ने बानी बसाल्नु पर्छ।
पढ्ने कुरालाई नोट बनाएर पनि पढ्न सकिन्छ। विज्ञान र गणितका सूत्रलाई नोट बनाउनै पर्छ।
- बिहानीपख अध्ययन गर्दा छिटो सम्झन सकिन्छ। सामान्यतया पढ्नु (घोक्ने) कुरा बिहानीको समयमा गर्नु उत्तम मानिन्छ। रातको समयमा हिसाब, चित्रको अभ्यास गर्नु राम्रो हुन्छ।
- प्रविधिको युगमा क्यालकुलेटरजस्ता शैक्षिक उपकरणको पनि प्रयोग गर्ने बानी बसाल्नु पर्छ। कतिपय हिसाबहरू आफैंले गर्दा ढिलो हुन्छ। क्यालकुलेटर प्रयोग गर्न नसक्दा समय खेर जान्छ।
- विद्यार्थीले समयमा सुत्ने र समयमा उठ्ने बानी बसाल्नु पनि उत्तिकै आवश्यक छ। एकोहोरो पढेर बस्नु हुँदैन। बेलाबेलामा आँखा र दिमागलाई आराम गराउन बगैंचा र करेसाबारीमा हिँड्नुपर्छ। घरमा करेसाबारी छैन भने पनि बाहिरका हरिया दृश्यहरू नियाल्दा राम्रो हुन्छ। दिनभरि पढेका कुरालाई राति सुत्नुभन्दा अगाडि एक पटक मनमनै सम्झने बानी बसाल्नु पर्छ।
- मोडल प्रश्नपत्र तथा पुराना प्रश्नपत्रको हल गर्ने बानी बसाल्ने र निर्धारित समयमै सक्नको लागि टेक्निकहरू लगाई परीक्षाको लागि तयारी गर्नुपर्छ।
- कतिपय कुरा तुलना गरेर पढ्ने बानी बसाल्नु पर्छ। जस्तै - जहाज पानीमा उत्रने तर किला डुब्ने कुरालाई तुलना गरेर पढ्ने गर्नुपर्छ। कारण लेख्दा तथ्यपरक उत्तर लेख्ने जस्तै पृथ्वीको भूमध्य रेखा र धु्रवीय क्षेत्रमा कुन ठाउँमा गुरुत्व प्रवेग बढी हुन्छ भन्ने प्रश्नमा अर्धव्यास र गुरुत्व प्रवेगको सम्बन्ध लेख्ने आदी।
- मानव शरीरका आन्तरिक अंगहरू, भाइरस, ब्याक्टेरियालगायतका विषयहरू इन्टरनेटको पहुँच भए इन्टरनेटद्वारा खोजेर अध्ययन गर्ने गर्नुपर्छ।
- भूगर्भ तथा ज्योतिष विज्ञानमा खगोलीय वस्तुको अध्ययन गर्दा पनि इन्टरनेट प्रयोगलाई जोड दिनुपर्छ।
- ग्यासहरूको औद्योगिक उत्पादन प्रक्रिया पढ्दा पनि इन्टरनेटको प्रयोग गरेमा छिटो सिक्न सकिन्छ।
परीक्षा दिँदा कसरी दिने त ?
परीक्षाको बेला नयाँ कुराभन्दा पनि पढिसकेका कुरा दोहोर्याएर गर्नुपर्छ। परीक्षा हलमा आधा घण्टा पहिला नै पुग्नुपर्छ। परीक्षाले आत्तिनु हुँदैन र सधंै दिने स्कुलकै परीक्षा त हो नि भेनेर ढुक्क हुनुपर्छ। सबै प्रश्न पत्र हेरेर मात्रै त्यसको समाधान गर्नतिर लाग्नुपर्छ। अक्षर सफा र स्पष्ट हुने गरी लेख्नुपर्छ। सबै प्रश्नहरू क्रमैसँग हल गर्दै जानुपर्छ। आफ्ना आवश्यक र महत्वपूर्ण सामानहरू आफैं लिएर जानु पर्छ।
विज्ञान र गणितमा परीक्षामा रासायनिक पदार्थको नाम पूरा लेख्नुभन्दा अणुसूत्रमा लेख्नु राम्रो हुन्छ। एउटा प्रश्नको उत्तर लेखिसकेपछि एक वा दुईवटा लाइन छोडेर मात्र अर्को प्रश्नको उत्तर लेख्ने गर्नुपर्छ। विज्ञानमा पुच्छ्रे प्रश्न भएको खण्डमा एउटा लाइन छोडेर वा प्याराग्राफ परिवर्तन गरेर मात्रै पुच्छ्रे प्रश्नको उत्तर लेख्ने गर्नुपर्छ।
- विज्ञानको कारण दिँदा लामो उत्तर लेख्नुभन्दा तथ्यगत कुरा छोटो वाक्यमा लेख्नु उपयोगी हुन्छ।
- समयलाई ध्यानमा राखेर प्रश्नको हल गर्नुपर्छ। उत्तरपुस्तिका थपेको खण्डमा निरीक्षकको हस्ताक्षर गराउन भुल्नु हुँदैन। साथै राम्रोसँग स्टिच गर्नु पर्छ। उत्तरपुस्तिकाको अगाडि आफूले भर्नुपर्ने विवरण प्रस्टसँग भर्नुपर्छ।
(शर्मा प्रभात मावि थानकोट शिक्षिका हुन्।)