बर्दिया निकुञ्जमा लोपोन्मुख घडियाल गोही

बर्दिया निकुञ्जमा लोपोन्मुख घडियाल गोही

बुटवल : घडियाल गोही दुर्लभ र अति संकटापन्न जन्तु हो। यसको संरक्षणमा चुनौती बढ्दो छ। नदी प्रदूषित बन्दै गएपछिको असर घडियालमा परेको छ। नदीमा माछा खाएर जीवन चलाउने घडियालको आहारा नै घटेपछि प्रजनन समेत कमजोर बन्यो। सफा पानीमा बस्न रुचाउने घडियालले माछालाई मात्रै आहारा बनाउँछ।

संकटापन्न प्राणी घडियाल जोगाउन बर्दियामा प्रजनन केन्द्र स्थापना गरियो। साढे तीन दशकको प्रयासपछि घडियालको प्रजनन क्रियामा सफलता मिलेको छ। घडियालले अन्डाबाट बच्चा कोरलेका छन्।

‘अब घडियालको सम्भोगको मौसम सुरु भएको छ, ठाकुरद्वारास्थित बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. चित्रबहादुर खड्काले भने। माघ, फागुनमा घडियालले सम्भोग गर्छ। अनि अन्डा पार्छ। चैत, वैशाखमा अन्डा कोरल्छ।

बर्दिया निकुञ्जको प्रजनन केन्द्रमा ४४ वटा घडियाल गोही छन्। तीमध्ये दुई वटामात्रै वयस्क भाले छन्। अन्य दुई ८ र १२ वर्षका भाले हुन्। अरू सबै पोथी मात्रै छन्। घडियालले एक पटकमा ३५ देखि ४५ वटासम्म अन्डा पार्छ। बालुवाभित्र दुई फुटसम्मको तहतहको अन्डा पारेर पुर्छ। त्यो अन्डा चैत, वैशाखमा मात्रै कोरल्छ।

अन्डा पारेको औसत ७० दिनमा घडियालले बच्चा कोरल्ने बर्दिया निकुञ्जका रेञ्जर पुष्पदीप श्रेष्ठले बताए। बच्चाहरूमध्ये एकाध मर्छन्। घडियाल निकै संवेदनशील जन्तु रहेको उनको भनाइ छ। प्रजनन केन्द्रमा अनुकूल वातावरण बनाउँदासमेत घडियाल बचाउन कठिन छ।

बबई तथा कर्णालीमा हुने घडियालहरू प्रदूषण, आहारा र स्वास्थ्य समस्याका कारण मर्ने गरेको अनुमान छ। घडियाललाई ताजा माछा चाहिन्छ। गोही प्रजनन केन्द्रमा साताको तीन दिन माछा राखिदिने गरिएको पशु चिकित्सक खड्काले बताए।

भाले घडियालको सहवासपछि यौन अंग रहन्छ। छाला च्यातिएर अंग बाहिरै रहँदा घाउ लाग्ने र संक्रमण हुने जोखिम बढ्ने खड्का बताउँछन्। ‘हामीले यौनांग बाहिर देख्नासाथ स्टिच (टाका) लगाउने गरेका छौं’, उनले भने। प्रकृतिमा रहने घडियालहरू यही कारण मर्ने अनुमान उनले गरे।

घडियालको संरक्षणका लागि बर्दिया र चितवनमा प्रजनन केन्द्र बनाइएको छ। बर्दियाको प्रजनन केन्द्रमा गएको सिजनमा घडियालले अन्डा पारेनन्। अहिले अन्डा पार्ने विश्वासमा रेखदेख गरिएको छ। सन् २०१६ मा २४ वटा घडियाल हुर्काइएको थियो। त्यसको अर्काे वर्ष १४ घडियाल हुर्किएका थिए।

‘पोहोर साल अन्डा नपारेकाले घडियाल थपिएनन्’ खड्काले भने, ‘यो वर्ष केही संख्या थपिएला भन्ने आशा छ।’ घडियालको आयु ४५ वर्षसम्म हुन्छ। प्रजनन केन्द्रमा हुर्किएका गोहीहरू नदीमा छाड्ने गरिएको छ। तर बाढी आउँदा बगेर भारत पुग्ने कारण बबई र कर्णालीमा घडियाल देखिँदैनन्। २०६६ सालमा करिब ३५ वटा घडियाल यी नदीमा देखिएका थिए।

नदीमा घडियाल हुनु भनेको वातावरण स्वच्छ छ भन्नु हो। दक्षिण एसियाका नेपाल र भारतमा पाइने घडियाल प्रकृतिका सौन्दर्य मानिन्छन्। तर चोरी सिकार र प्रदूषण यसका चुनौती बनेका छन्। नदी क्षेत्रमा हुने घडियालका अन्डाहरू खाइदिने र फुटाइनेदिने गर्दा समस्या निम्तिएको छ।

बर्दिया प्रजनन् केन्द्रमा मगर गोहीको संख्या ११ छ। जसमध्ये तीन वटा भाले छन्। जुनसुकै प्राणीका आहार गर्ने मगर गोही भने बाह्य क्षेत्रमा समेत सजिलै बाच्न सक्छ। यो सिजनमा प्रजनन केन्द्रमा कछुवाको समेत प्रजनन प्रक्रिया चलिरहेको छ। बर्दिया प्रजनन केन्द्रमा ४५ वटा कछुवा छन्।क्याप्सन : बर्दियाको प्रजनन केन्द्रमा घडियाल गोही।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.