कोरोना भाइरस : मास्कको चरम अभाव

कोरोना भाइरस : मास्कको चरम अभाव

भैरहवा : कोरोना भाइरसको संत्रास फैलिएसँगै बजारमा मास्कको चरम अभाव भएको छ । फार्मेसी केन्द्र, स्वास्थ्य चौकी, अस्पतालहरूमा एकाएक मास्कको माग बढ्न थालेको छ ।  

कोरोना भाइरसबाट जोगिनका लागि ‘एन ९५’ नामक मास्क आवश्यक पर्छ । तर बजारमा ‘एन ९५’ सँगै साधारण मास्कको पनि अभाव भएको छ । कतै साधरण मास्क पाइए पनि व्यापारीले मूल्य बढाएर बिक्री गर्न थालेका छन् । समान्यता विगतमा १० रुपैयाँ बजारमा पाइने साधरण मास्क अहिले २५ देखि ३० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

चीनमा संक्रमण फैलिएको बेला यहाँ रहेको व्यापारीहरूले चर्को मूल्यमा मास्क चीन पठाए । अहिले त्यही मास्क यहाँ अभाव भएको छ ।

ठूलो परिमाणमा मास्कको माग बढ्न थालेको छ । भारतमा पनि मास्कको माग बढेकोले नेपालको सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा मास्क संकलन गरेर भारत पठाउन थालिएको छ । भारतीय सीमावर्ती बजारमा पनि मास्कको अभाव भइसकेको छ । मास्कको कालोबजारी मौलाएको छ ।

‘अहिले ‘एन ९५’ र साधरण दुवै मास्कको माग अत्याधिक बढेको छ’, भैरहवाको युनिर्भल मेडिकल कलेजका प्रशासन संयोजक तेजकुमार केसीले भने, ‘अस्पताल प्रयोजनको लागि प्रति मास्क ५०-१०० रुपैयाँ खरिद गर्न चाहे पनि पाइएको छैन ।’

उनले यहाँ मास्क अभाव भएपछि अस्पतालले भारतको गोरखपुर, दिल्ली लगायत शहरमा खोजे पनि नपाइएको बताए । ‘नेपालमा मास्क नपाइएपछि अहिले हामी भारतमा विभिन्न शहरमा मास्क खोज्दैछौँ’, उनले भने, ‘तर त्यहाँ पनि मास्क अभाव रहेकोले पाउन कठिन भइरहेको छ ।’

सर्वसाधरण, विद्यालय, संघसंस्था लगायतबाट मास्कको ठूला डिमान्ड छ । भैरहवा, बुटवल, पोखरा, काठमाडौं लगायतका शहरबाट मास्कको माग बढ्दै गएको छ । उनका अनुसार दैनिक दश हजारले अस्पतालमा मास्कको माग गर्दै आएका छन् ।

काठमाडौंमा भाइरस संक्रमण फैलिएको भन्दै यहाँ अफवाहसमेत फैलिएको छ । फार्मेसी केन्द्रमा मास्क खरिद गर्न आएका भैरहवाका सुमित त्रिपाठीले भाइरस संक्रमण फैलिएकोले त्यसबाट जोगिनका लागि मास्क खरिद गर्न आएको बताए । उनले विभिन्न स्टोरहरूमा मास्क खोजिए पनि नपाइएको बताए ।

मास्कको आधिकारिक बिक्रेताले पनि मास्कको अर्डर लिन छाडिसकेका छन् । उनीहरुसगँ भएको मौज्दात मास्क पनि लुकिछिपी चर्को मूल्यमा विक्री गरिरहेका छन् । मास्कको मौज्दात राखेका व्यापारीहरुले कालोबजारी गर्न सुरु गरिसकेको भैरहवाका एक फार्मेसी केन्द्रका संचालकले बताए । विगतमा ५० वटा मास्कको प्याकेटलाई करिब २ सय ५० रुपैयाँ पर्नेभएपनि अहिले आधिकारिक विक्रेताहरुले लुकिछिपी एक हजार ५ सय भन्दा बढीमा विक्री गरिरहेको ती संचालकले बताए ।

नेपालमा मास्कको बजार सबैभन्दा बढी चीनले ओगटेको छ । तर, चीन कोरोनाले जुधिरहेको कारण त्यहाँबाट मास्क आयात गर्न सम्भव छैन । र, उसले पनि मास्क निर्यातमा रोक लगाइसकेको छ । काठमाडौं रहेको एक मास्क उत्पादन गर्ने उद्योगले दैनिक ५ हजार मास्क उत्पादन गर्दै आएको थियो । तर, उक्त उद्योगको मेसिन बिग्रिएकोले त्यहाँबाट पनि उत्पादन बन्द भइसकेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका सूचना अधिकृत भेषराज शर्माले बजारमा मास्कको अभाव रहेको बताउँदै नाकामा खटिएका स्वास्थ्यकर्मीलाई पनि कठिनाई पूर्वक मास्क खोजेर उपलब्ध गराइएको बताए ।

‘अहिले जिल्लामा संक्रमण नफैलिएकोले जसोतसो काम चलिरहेको छ’, उनले भने, ‘तर, संक्रमण फैलिहालेमा ठूलो परिमाणमा मास्क आवश्यक पर्छ जुन पछि समस्या हुन्छ ।’

आफूहरुले पनि बजारबाटै खरिद गरेर सर्वसाधरणलाई मास्क उपलब्ध गराउने गरिएकोले बजारमै मास्क अभाव देखिएको कारण उपलब्ध गराउन समस्या पर्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.