गण्डकी सरकारले गर्‍यो ३ नियुक्ति

गण्डकी सरकारले गर्‍यो ३ नियुक्ति

पोखरा : गण्डकी प्रदेश सरकारले गठन गरेको ताल विकास प्राधिकरणको कार्यकारी निर्देशकमा अनुप गुरुङ नियुक्त भएका छन् । प्रदेश मन्त्रिपरिषद्को २२ फागुनको बैठकले गुरुङलाई नियुक्त गरेको जानकारी सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले दिए । 

पोखरा १२ का गुरुङले कोरियाबाट कृषि एवं वातावरण विषयमा विद्यावारिधि गरेका छन् । कार्यकारी निर्देशक गुरुङको तलब सुविधा मासिक ४७ हजार रुपैयाँ हुनेछ । आवासबापत १५ हजार रुपैयाँ पाउनेछन् । 

प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा कास्कीको मादी १२ का ऋषिराम पाण्डे नियुक्त भएका छन् । उनको मासिक तलब तथा सुविधा ४७ हजार रुपैयाँ हुनेछ । मन्त्रिपरिषदले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रेस संयोजकमा विक्रम न्यौपाने नियुक्त गरेको छ । लमजुङ राइनासकोटका उनले मासिक तलब ४० हजार ५ सय तलब पाउनेछन् । उनलाई आवासबापत १० हजार, ५ हजार यातायाता र सञ्चार खर्च ३ हजार रुपैयाँ मिल्नेछ । न्यौपाने जनता टिभीमा आवद्ध पत्रकार हुन् । 

मन्त्रिपरिषद बैठकले सरुवा रोग उपचार गर्ने विशिष्टीकृत अस्पताल स्थापनाका लागि संघीय सरकारसँग १ अर्ब ३४ करोड रुपैयाँ माग गर्ने निर्णयसमेत गरेको जानकारी प्रवक्ता बस्नेतले दिए । कोरोना भाइरसको भय फैलिएपछि गण्डकी सरकार सरुवा रोग उपचार अस्पताल खोल्ने निष्कर्षमा पुगेको हो । 

प्रदेश स्वास्थ्य निर्देशानालयले त्यस्तो अस्पतालको खाकासमेत तयार पारिसकेको छ । त्यसका लागि जग्गा भने यकीन भएको छैन । स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार कोरोना भाइरसको संक्रमणको जोखिम नदेखिएको भए पनि सरुवा रोग उपचार गर्ने अस्पताल पोखराको आवश्यकता हो । 

उनले डेंगु र सार्स लगायत रोग देखा पर्दा त्यस्तो आवश्यकता पहिल्यै महसुस भएको बताएका छन् । उनले ३ सय बेडको अस्पताल पोखरामा खाँचो पर्ने सुनाए । 

प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रण र त्यसको उपचारका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा २६ सदस्यीय उच्चस्तरीय निर्देशन समिति गठन गरेको छ । प्रमुख सचिवको संयोजकत्वमा १७ सदस्यीय समन्वय समिति गठन गरेको जानकारी प्रवक्ता बस्नेतले दिए । धेरै मानिसको जमघट हुने कार्यक्रम नगर्न पनि प्रदेश सरकारले सर्वसाधारणलाई आह्वान गरेको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.