बलात्कार गरी भिड‍ियो बनाउने चारजनालाई १० वर्ष कैद

बलात्कार गरी भिड‍ियो बनाउने चारजनालाई १० वर्ष कैद

राजविराज : औषधि लिन बजार गएकी बालिकालाई सामूहिक बलात्कार गर्नेमध्येका चारजना अभियुक्तलाई सप्तरी जिल्ला अदालतले सोमबार १० वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलाशले सप्तरीको शम्भुनाथ नगरपालिका ३ का २० वर्षीय एटलाण्टिक चौधरी सोही उमेरका अजयकुमार चौधरी, अर्जुनकुमार साह र मनोजकुमार साहलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको हो । 

कान दुखेको औषधि किन्न पसल गएकी १६ वर्षीया बालिकालाई घर छेउकै गहुँ खेतमा लगी सामूहिक बलात्कार गरेको अभियुक्तमाथि आरोप छ । पीडितका अनुसार ०७४ फागुन २७ गते राति बुवाआमा छिमेकमा भइरहेको विवाहमा गएका बेला कान दुखेको औषधि किन्न बजार गएकी थिइन् ।

आरोपितले बलात्कार गरेको भिडियो समेत मोबाइलबाट खिचेको पीडितले बताइन् । 

फरार रहेका आरोपित शम्भुनाथ नगरपालिका-३ का बबी चौधरी, मिथिलेशकुमार साह र थेपा भनिने ओमप्रकाश पालको मुद्दा भने मुल्तबीमा राखिएको अदालतले जनाएको छ ।

आरोपितविरुद्ध ०७४ फागुन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो । सामूहिक बलात्कारको उजुरी परेलगत्तै ०७४ फागुन २८ गते एटलाण्टिक र अजय पक्राउ परेका थिए । एटलाण्टिक र अजय ०७४ चैत २६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

जिल्ला अदालतबाट ०७४ चैत २६ गते वारेण्ट जारी भएपछि मनोज र अर्जुन जिल्ला अदालतमा हाजीर भएकोमा जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलाशमा धरौटीमा रिहा भएका थिए ।

उच्च अदालत जनकपुर राजविराज इजलाशले आरोपित मनोज र अर्जुनलाई पनि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा राख्ने आदेश गरेपछि उनीहरु समेत कारागारमा थुनामा छन् । आरोपित बबी, मिथिलेश र ओमप्रकाश हालसम्म पक्राउ परेका छैनन र हाजिर पनि भएका छैनन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.