अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुन सुरु

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुन सुरु

काबुल : अमेरिकी सेनाले अफगानिस्तानस्थित दुई अखडाबाट सैनिक फिर्ता गर्न थालेको अमेरिकी सैनिक अधिकारीले बताएका छन्। अफगानिस्तानमा हिंसा र राजनीतिक संकट गहिरिए पनि आगानिस्तान र तालिबानबीचको प्रस्तावित शान्ति वार्ता हुनुअघि अमेरिकी सैनिक फिर्ता हुन थालेका हुन्।

अमेरिका आफ्नो सबैभन्दा लामो द्वन्द्व अन्त्य गर्न उत्सुक छ। दोहामा गत महिना अमेरिका र तालिबानबीच सम्पन्न सम्झौताको शर्तमा १४ महिनाको अवधिभित्र अमेरिकी समेत सबै विदेशी सैनिक अफगानिस्तानबाट फिर्ता हुने उल्लेख छ। यसको बदलामा तालिबानले सुरक्षाको प्रत्याभूति गर्नुपर्नेछ।

अमेरिकाले जुलाईको मध्यसम्म अफगानिस्तानमा तैनाथ कुल १२ हजार सैनिकमध्येबाट ८ हजार ६ सय मात्र राख्ने र बाँकी करिब ५ हजार फिर्ता गर्नेछ। अमेरिकाले अफगानिस्तानका २० अमेरिकी सैन्य अखडामध्ये पाँचवटा बन्द गर्नेछ। नाम बताउन नचाहने सैनिक अधिकारका अनुसार अमेरिकी सेनाले दक्षिणको हेल्माण्ड प्रान्तको राजधानी लश्करगाह र पश्चिमी हेरात प्रान्तको सैनिक अखडा छाड्न थालेको छ।

अफगानिस्तानका लागि अमेरिकी सेनाका प्रवक्ता कर्णेल सनी लेगिटले अमेरिकी सैनिकले अफगानिस्तानमा आतंकवादविरुद्धको अभियान र अफगान सेनालाई गरिरहेको सहयोगलाई निरन्तरता दिने बताए। छिमेकी कादहार प्रान्तसँगै जोडिएको हेल्मान्ड प्राप्त तालिबानको गढ मानिन्छ। यहाँ १८ वर्षे द्वन्द्वमा अमेरिकी र बेलायती सेनाले तालिबानसँग भीषण रक्तपातपूर्ण युद्ध लडेका थिए। हेल्माण्ड प्रान्तका गभर्नरका प्रवक्ता ओमर ज्वाकले २० देखि ३० जना विदेशीले लश्करगाह छाडेको बताए।

अमेरिका र तालिबानबीच सम्झौता भएपछि पनि तालिबानले अफगान सैनिकमाथि ठाउँठाउँमा हमला गरेका छन् तर यी हमला रोक्न अमेरिकी सेनाले खासै तत्परता देखाएको छैन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.