सुख्खा पहिरोले घोडेपानी सडक अवरुद्ध

सुख्खा पहिरोले घोडेपानी सडक अवरुद्ध

बेनी : सुख्खा पहिरो खसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको शिख, घार र पर्यटकीय बस्ती घोडेपानी जोड्ने पोखरेबगर-चित्रे-घोडेपानी सडक अवरुद्ध भएको छ ।  अन्नपूर्ण गाउँपालिका ६ हल्लेखर्क भन्ने ठाउँमा सडक विस्तारका क्रममा आइतबार साँझ खसेको सुख्खा पहिरोका कारण अवरुद्ध सडक बुधबारदेखि मर्मत सुरु भएको छ । 

सडक अवरुद्ध हुँदा शिख, घार, खिवाङ, चित्रे, किन्दु, स्वाँता, फलाते, घोडेपानीका तीन हजार भन्दा बढी घरधुरी प्रभावित भएको घारका वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । घोडेपानी जाने आउने स्वदेशी तथा विदेशी पर्यटकलाई समेत समस्या भएको छ । 

भिरालो खरवारी भएको पाखो डोजरले काटेपछि माथिबाट खसेको सुख्खा पहिरोले गणेश खड्का, मेखबहादुर खड्का, फौदबहादुर बरुवाल लगायत ७ घर उच्च जोखिममा परेका पीडितले बताएका छन् । 

राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले भूकम्प प्रभावित अन्तरगत पोखरेबगरदेखि घार खिवाङ शिखहुँदै चित्रे जोड्ने १८.५ किलोमिटर सडक कालोपत्रे गर्ने २७ करोड ९१ लाख ३५ हजार रुपैयाँमा मोतिदान-जयमाता जेभीसंग ठेक्का सम्झौता गरेको छ । 

२०७५ मंसिरदेखि कालोपत्रे गर्न सडक विस्तार, नाली र ग्रेड मिलाउने काम गरिरहेको ठेकेदारले जथाभावी डोजर चलाएका कारण पहिरो गएको स्थानीयको गुनासो छ ।  आयोजनाका निमित्त प्रमुख यज्ञदत्त रिजालले जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउपालिकाका अध्यक्ष लगायतको टोलीले पहिरोको स्थलगत निरिक्षण गरेर मर्मत सुरु गरेको बताए । 

बुधबारदेखि ठेकेदार कम्पनीका दुईवटा एक्साभेटर र चार वटा टिप्पर परिचालन गरेर पहिरो पन्छाउन सुरु गरिएको उनले बताए ।  ठूलो पहिरो खसेकाले पन्छाएर सडक खुलाउन अब कम्तिमा पाँच दिन लाग्ने उनले बताए । 

सडक अवरुद्ध हुँदा घारमा निर्माणाधिन १४ मेघावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको बाँध, सुरुङ र आउटलेट तर्फ निर्माण तथा बिस्फोटक सामग्री ढुवानी गर्न समस्या भएको छ । ठूलो बस्ति जोड्ने सडक अवरुद्ध हुदा आवत जावत, ढुवानी र विकास आयोजना प्रभावित भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.