प्रेरणाका स्रोत गोपालप्रसाद खत्री

प्रेरणाका स्रोत गोपालप्रसाद खत्री

नेपालमा जुनै समयका प्रशासकले पनि न्यायपालिकाबारेमा के कुरा बुझेका हुँदैनन् भने असल न्यायाधीश जहिले पनि कानुन र सिद्घान्तको बाटोमा हिँड्ने गर्छन्


आजभन्दा ४२ वर्षअघि धरान अञ्चल अदालतमा माननीय गोपालप्रसाद खत्री न्यायाधीश भएर जानुभएको थियो। म पनि त्यहीं वकालतको तालिम लिन पुगें। कारण थियो– त्यहाँ मेरो परिवारका धेरै सदस्य कानुन व्यवसायी भएर वकालत गरिरहेका थिए। ठूला बुवा तोरणबहादुर कार्की चर्चित कानुन व्यवसायी हुनुहुन्थ्यो। उहाँले मलाई १५ दिनको तालिम दिएपछि पहिलो दिन धरानको अञ्चल अदालतमा बहस गराउन भनी लिएर जानुभयो। पहिले मलाई बेन्चमा गएर श्रीमान् भन्ने शब्दबाट सम्बोधन गर्न असजिलो लागेकोमा ठूला बुवाले सम्झाउनुभएको थियो। यसमा संकोच मान्नु पर्दैन किनकि यो एउटा प्रक्रिया हो र बेन्चमा आसीन न्यायमूर्तिका निम्ति सम्मानजनित शब्द मात्र हो। म पहिलोपटक तयार भएर बहस गर्न जाँदा माननीय न्यायाधीश गोपालप्रसाद खत्री बेन्चमा हुनुहुन्थ्यो। मैले फायल खोलेर बहस सुरु गरें।

पहिलोपटक म नर्भस त निश्चय हुने नै भएँ। तैपनि सायद ठूलो स्वरमा बहस गरेकी थिएँ होला। मलाई त्यसबखत खुट्टा पनि लगलग कामेको अनुभव छ। खत्री श्रीमान मुसुमुसु हाँसिरहनुभएको थियो। मैले बहस गरिरहँदा उहाँको अनुहारमा खुसी नै देखिन्थ्यो। उहाँले सम्भवतः मलाई प्रेरित गर्न केही प्रश्न पनि राख्नुभएको थियो। उहाँको प्रश्न राख्ने तरिका पनि त्यति नै नरम थिए। ताकि मैले लामो समयसम्म बहस गर्न सकूँ। बहस सकिएपछि राम्रो छ भनी प्रशंसा पनि गर्नुभयो। यसरी बहस गर्दै गएपछि अनुभव हुँदै जान्छ भनेर मेरा ठूला बुवालाई ‘ल अबदेखि सबै मुद्दामा वकिल साहेवलाई बेन्चमा उभ्याउने गर्नुपर्‍यो’ भन्नुभएको थियो। मलाई बारम्बार भन्नुभयो— तपाईं वकालतमा अडिएर बस्नुस्। अरू मुलुकमा प्रशस्त महिला कानुन व्यवसायी छन्। हामीकहाँ औंलामा गन्न सकिने संख्या मात्र छन्। महिलाको संख्या न्यायाधीश र वकिलमा हुनैपर्छ।

सायद उहाँको प्रेरणाले मलाई वकालतमा कायम गर्‍यो पनि। उहाँले मैले वकालत सुरु गरेको केही समयमा मेरा पिताजी डिल्लीबहादुर कार्कीलाई मेराबारेमा जागिरभन्दा वकालत गराउनु राम्रो हो र ममा वकालत गर्ने क्षमता छ भन्ने कुराको सिफारिस पनि गरिदिनुभएकोमा त्यस कुराबाट मेरा पिताजी पनि खुसी हुनुभएको थियो। गोपाल श्रीमान्को सबभन्दा ठूलो विशेषता भनेको उहाँमा रिस भन्ने कुरा कहिल्यै पनि देखिएन। सधैं हाँसिरहनुभएको देखिन्थ्यो।

उहाँकै प्रेरणाले हो मैले उहाँको बेन्चमा धेरैपटक बहस गरेकी थिएँ। गोपाल श्रीमान धेरै निष्ठा भएका इमानदार न्यायाधीश हुन्। कानुनको ज्ञान पनि त्यति नै अथाह थियो। हामी नवोदित कानुन व्यवसायीलाई बराबर सल्लाह दिने गर्नुहुन्थ्यो। मेरा ठूला बुवाबाहेकका कानुन व्यवसायी पुष्पबहादुर राउत वकिल साहेबको फर्ममा चैनपुर र संखुवासभाको मुद्दा अति धेरै थिए। एक दिन उहाँ न्यायाधीशज्यूले मलाई भन्नुभयो— तपाईं पुष्पबहादुर राउतजीकहाँको पनि मुद्दा लिएर बहस गर्ने गर्नुस्। किनकि संखुवासभाको जग्गा मुद्दा निकै बटारिएको बुझ्न कठिन हुन्छ। त्यो भेकतिरका मुद्दा बुझ्न सक्नेले जहाँको पनि मुद्दा बुझ्न सक्छन्। यही कुरा गोपाल श्रीमानले पुप्षबहादुर राउत वकिल साहेबसँग पनि मेरा लागि भनेर बहस गर्न दिने सिफारिस गरिदिनुभएको रहेछ। त्यसबेला त्यस अदालतमा माननीय गोविन्दबहादुर श्रेष्ठ र गोपाल श्रीमानको जोडी त्यहाँ थियो। दुवैजना बेन्च बसिरहँदा मात्र न्यायाधीश थिए त्यसपछि सबै कानुन व्यावसायिक मित्रजस्ता थिए। प्रत्येक दिन सबै कानुन व्यवसायीलाई आवश्यकता पर्दा च्याम्बरमा भेटेकै देखिन्थ्यो।

उहाँको मृत्यु खबर सुनेपछि लाग्यो– मानिस र उसको जीवन भनेको एउटा रेलगाडी रहेछ। कोही उत्रने र कोही चढ्ने। रेलको डिब्बा खाली त कहिल्यै पनि हँुदैन। कोही अघि उत्रन्छ कोही पछि तर रेल भने नरोकिएर चलिरहन्छ।
 

कानुन व्यवसायीले श्रीमान आज यो मुद्दा बहस गर्न समय नपुग्ला जस्तो छ वा मुड भएन भनें भने ए त्यस्तो अब बहस गर्ने विद्वान्जीले नै त्यसो भनिरहनुभएको छ भने हुन्छ, के भयो र मुद्दाको पालो फेरि पनि आइहाल्छ नि भनेर त्यस दिन मुद्दाको सुनवाइ नगरेको पनि कयौंपटक देखियो। वास्तवमा उहाँहरूको त्यो कार्यकाल अञ्चल अदालत धरानमा साँच्चैको एउटा गरिमामयपूर्ण भएको अनुभव थियो। कानुन व्यवसायीसँग पंक्तिभेद नगरी खुला दिलले सत्संगतमा रहँदा पनि उहाँहरूमा कुनै आँच कहिल्यै पनि आएन। कारण थियो– माननीय गोपालप्रसाद श्रीमानको न्यायिक इमानदारी र प्रतिष्ठा अनि निष्ठा। त्यसैकारण पनि उहाँमाथि कोहीकसैले औंलो कहिल्यै सोझ्याउन पनि सकेन।

माननीय गोपालप्रसाद श्रीमानले मूद्दाको फैसला गर्दा कहिल्यै कसैको मुलाहिजा भनसुन सुन्नुभएन। कानुनको बाटो पनि छाड्नुभएन। २०३६ सालको जनमतसंग्रह र राजनीतिक उथलपुथलका बेला पञ्चायतका हिमायती स्थानीय प्रमुख अञ्चलाधीशले उहाँले बन्दी प्रत्यक्षीकरण मुद्दामा राजनीतिक बन्दीलाई थुनामुक्त गरेकोमा अनर्थ लगाएर झोस÷पोल गरी उहाँको पद नै खोस्नेसम्मको प्रयास नगरेका होइनन्। नेपालमा जुनै समयका प्रशासकले पनि न्यायपालिकाको बारेमा के कुरा बुझेका हुँदैनन् भने असल न्यायाधीश जहिले पनि कानुन र सिद्घान्तको बाटोमा हिँड्ने गर्छन्।

कानुनको मर्मको अन्त्य गर्नेछन्। एउटा कर्तव्यपरायण न्यायाधीश जहिले पनि विशुद्ध न्यायाधीश हुन्छ न कि उसको धर्म राजनीतिको रंगरूप फेरिएपछि नै फेरिएको राजनीतिक सिद्घान्तअनुसार नै चल्नु हो। गोपाल श्रीमानको बेन्चमा बहस गर्ने अवसर फेरि पुनरावेदन अदालत विराटनगरमा पाएँ। उहाँ फेरि केही समयसम्म बस्नुभएको थियो त्यहाँ। मेरो त्यहाँको पनि अनुभव छ। एउटा सार्वजनिक मन्दिर निर्माण इटहरी आसपास हुँदै थियो। मिस्त्रीले काम गर्न छाडेर बेपत्ता भएछ। निर्माण गर्ने भक्तजनले अर्को मिस्त्री राखेर काम चालु गरेछन्। मिस्त्रीले त्यो देखर निषेधाज्ञा मुद्दा पुनरावेदन अदालतमा दायर गरेछ र मन्दिर निर्माणका काम हाललाई रोक्नु भनेर माग गरेछ। मन्दिर निर्माताले कुनै करार मिस्त्रीसँग गरेको थिएन। तर मुद्दा परेपछि अन्तरिम आदेश जारी पनि भइदिएको रहेछ।

केही दिन साधारण तारिख चल्दा चन्दादातामा भ्रम भई मन्दिर बनाउन समस्या परेको हुँदा भक्तजनहरूले गोपाल श्रीमानलाई भेटेर गुनासो पोखेर भने हामीलाई मर्का पर्‍यो मन्दिर निर्माण गर्ने चन्दादाता पनि रिसाए। चन्दा पनि संकलन नहुने भयो। श्रीमान, हामीलाई मन्दिर बनाउन मौका दिनुस्। श्रीमानले भन्नुभयो— अदालतले अन्तरिम आदेश जेजस्तो होस गर्‍यो। तपार्इंहरूले आदेशको बर्खिलापमा गई कानुन आफ्नो हातमा लिएर अन्तरिम आदेशको विपरीत काम गर्न पाउनु हुन्न। त्यसरी तपाईंहरू जाने हो भने अदालत अपहेलना मुद्दा चलाउन बाध्य हुन्छ। तपाईंहरू नै फेरि फस्नु हुनेछ। तथापि मुद्दामा अन्तरिम आदेश हकदैयाको कारण जारी हुनुपर्ने अवस्था भने थिएन। के प्रमाण देखाएर जारी भएको थियो। तर अदालतले आफ्नो आदेश जेजस्तो भए पनि त्यसको रक्षा गर्नुपर्छ भन्नेमा माननीय श्रीमान अटल रहनुभयो।

कुनैकुनै श्रीमानको बेन्चमा बहस गर्न जाँदा फेयर न्यायाधीश हुँदाहुँदै पनि मुद्दा फैसलाको परिणाममा के आउँछ भनी धरमर हुने गर्दथ्यो। तर गोपालप्रसाद यस्ता माननीय थिए, उनले शतप्रतिशत यही निर्णय गर्नेछन् भन्ने कुरा थाहा हुन्थ्यो। यद्यपि उनको व्याख्याले फैसलामा हार भए पनि ठीक नै गरे भन्ने अनुभूति भई शतप्रतिशत चित्त बुझ्थ्यो। पछिल्लो छ–सात महिनाअघि म उहाँलाई उहाँको घर थलीमा भेट गर्न गएकी थिएँ। मलाई उच्च रक्तचाप छ। सुगर छैन। म ठीक छु। नियमित औषधि सेवन र उपचारबाट मलाई राम्रो छ भन्नुभएको थियो। उहाँका भनाइ सुनेर खुसी लागेको थियो। बीचबीचमा टेलिफोन सम्पर्क पनि भएको थियो। एकाएक एकजना मित्रबाट स्वर्गे भएको गत मंगलबार मात्र जानकारी पाउँदा दुःख लाग्यो। मानिस र उसको जीवन भनेको एउटा रेलगाडी रहेछ। कोही उत्रने र कोही चढ्ने। रेलको डिब्बा खाली त कहिल्यै पनि हँुदैन। कोही अघि उत्रन्छ कोही पछि तर रेल भने नरोकिएर चलिरहन्छ। खत्रीप्रति श्रद्धाञ्जली !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.