टोड्केमा पर्यटकको चहलपहल

टोड्केमा पर्यटकको चहलपहल

बेनी : म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने टोड्केमा पूर्वाधार र सुविधा विस्तारसँगै पर्यटकको चहलपहल बढ्न थालेको छ।  सडक, पदमार्ग, होटल, सञ्चार सुविधा विस्तार तथा प्रचारप्रसारसँगै समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा रहेको टोड्केमा पर्यटकको चहलपहल बढेको हो। 

गुराँसे जंगलको बीचमा पूर्व फर्किएको भिरालो पाखोमा समुद्री सतहदेखि दुई हजार ३ सय ४० मिटर उचाइमा रहेको टोड्केमा सूर्योदय, हिमशृंखला, गुराँसे जंगल, पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ।  केही वर्ष अघिसम्म सुनसान टोड्केमा म्याग्दी, पर्वत, बागलुङ, कास्की, काठमाडौंलगायत ठाउँबाट दैनिकजसो भ्रमणमा आउन थालेका टोड्के क्षेत्र विकास कोषका सहसचिव याम शेरपुञ्जाले बताए। 

‘पूर्वाधार विस्तारसँगै टोड्केमा पाहुना बढेका छन्’, उनले भने, ‘बेनीदेखि टोड्केसम्म जोड्ने सडक सहज हुने हो भने अझै बढी पर्यटक भित्रिन्छन्। ’

टोड्केबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, माछापुच्छ्रेलगायत १६ वटा हिमाल हेर्न सकिन्छ।  विद्यार्थी, शिक्षक, व्यवसायी, युवा क्लब, आमा समूह, संघसंस्थाको समूह बनाएर टोड्के घुम्न आउने क्रम बढेको टोड्के हिल रिसोर्ट एन्ड होमस्टेका संस्थापक भीम शेरचनले बताए। 

तीनवटा घर रहेको टोड्केमा यसअघि होटल तथा लजको सुविधा नहुँदा पाहुनालाई समस्या भएको थियो।  स्थानीयले गत वर्षदेखि ३० जना क्षमताको सुविधा सम्पन्न टोड्के हिल रिसोर्ट एन्ड होमस्टे सञ्चालन गरेपछि पाहुनालाई सहज भएको छ। 

पूर्णगाउँ, वाखेत र झिँदेखि टोड्के जोड्ने सडक निर्माण भएको छ।  झिँ हुँदै टोड्के जोड्ने पदमार्ग पनि छ।  झिँ र पूर्णगाउँमा घरबास (होमस्टे) सञ्चालन भएको छ।  २०६५ र २०७२ मा गुराँस महोत्सव आयोजना गरेको टोड्के क्षेत्र विकास कोषको पहलमा पदमार्ग, सामुदायिक भवन, दृष्यावलोकन स्थल, खेलमैदान, पिकनिक स्पटलगायत पूर्वाधार निर्माण गरेको अध्यक्ष बाबुराम आचार्यले बताए। 

म्याग्दी उद्योग वाणिज्य संघले टोड्केबाट सुरु भएर धौलागिरि हिमालको दक्षिणी मोहडा पुगिने धौलागिरि सेञ्चुरी पदमार्ग पहिचान गरेको छ।  धौलागिरि चक्रीय र गुरिल्ला पदमार्गको प्रवेश नाकामा अवस्थित टोड्केलाई बेनी–पछै–ढोलथान–जगन्नाथ हुँदै अर्को पदमार्गले जोड्ने तयारी गरिएको छ।  स्वदेशी पर्यटकको रोजाइमा पर्न थालेको टोड्केमा बाह्य पर्यटक पनि आकर्षित गराउन पहल गरिएको म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.