एक्जामिनेसन फोबिया

एक्जामिनेसन फोबिया

विद्यार्थीको लागि वार्षिक परीक्षा भनेको उसको वर्षभरिको मेहनतको फल, जीवनको प्रगतिको खुड्किलो र भविष्य निर्धारणको आधार हो। यतिबेला परीक्षामा राम्रो गर्ने अतिरिक्त चाप विद्यार्थीलाई हुन्छ।

यसरी प्रदर्शन र सफलताको अन्तरद्वन्द्वको दबाबले उनीहरूमा एक किसिमको काल्पनिक आशंका उत्पन्न हुन्छ। यसलाई चिकित्सकीय भाषामा एक्जामिनेसन फोबिया या एक्जामिनेसन फंंक पनि भनिन्छ।

कसरी हुन्छ फोबिया

परीक्षाको समय सम्पूर्ण विषयलाई याद राख्नुका साथै परस्पर प्रतिस्पर्धामा आफ्नो अभिभावकको अपेक्षाअनुरूप राम्रो गर्नुपर्छ भन्ने मानसिक दबाब केटाकेटीमा हुन्छ। वर्षभरि नियमित रूपमा अध्ययन गर्ने छात्रछात्राको तुलनामा सर्टकट बाटो खोज्ने छात्रमा यो दबाब बढी हुन्छ। योग्यता, श्रेष्ठता एवं प्रदर्शनको युद्धबीच छात्रमा आत्मविश्वासको कमी र अत्यधिक मानसिक परि श्रमको कारणले गर्दा विद्यार्थीमा परीक्षालाई लिएर एक किसिमको भय हुन्छ। यसलाई एन्टिसिपेटरी एगन्जाइटीको रूपमा पनि चिनिन्छ।

परीक्षाको दबाबमा लगातार पढ्नाले कहिलेकाहीँ मानसिक थकान यति धेरै हुन्छ कि विद्यार्थीलाई पनि दिमागले काम गर्न छोड्यो भन्ने लाग्छ। सबै छात्रछात्रामा यस्तो हुँदैन। तर केही विद्यार्थीको पढाइमा ध्यान केन्द्रित हँुदैन। स्मरणशक्ति कम हुनु अर्थात् पढेको कुरा बिर्सिनु, अत्यधिक थकावट महसुस हुनु, हात र खुट्टामा पसिना आउनु, दैनिक जीवनशैलीमा बदलाव अर्थात् खाने, पिउने र सुत्नेको कुनै टुंगो नहुनु, राति अबेरसम्म बस्न चिया, कफी वा अन्य उत्तेजक खाद्य पदार्थहरूको सेवन गर्नाले पाचन प्रणालीलाई पनि प्रभावित पार्न सक्छ। साथै स्नायु शक्तिको कमजोरीले ब्याकुलता, हडबडीको साथै टाउको दुख्ने समस्या आउन सक्छ। यो दुखाइ टाउकोको अघिल्लो भागमा हुन्छ। दुखाइको अनुभव मस्तिष्कमा पनि हुन सक्छ। मेरुदण्डको हड्डीसम्म दुखाइ फैलिन सक्छ। पढ्ने लेख्ने मानसिक कार्य गर्दा थाकेको अनुभव हुनुजस्ता लक्षणहरू एक्जामिनेसन फोबियामा देखिन्छ। कुनै विद्यार्थी त यति धेरै नर्भस हुन्छन् कि उनीहरूलाई कैयौं पटक बाथरुम जानुपर्ने हुन्छ। यस्तै कसैकसैलाई सुरुमा आफूमाथि विश्वास हुँदैन। तर प्रश्नको ऊत्तर लेख्दै जाँदा आत्मविश्वास बढ्न थाल्छ र उनीहरूले परीक्षा राम्रोसँग दिन सक्छन्।

बढ्छ अभिभावकको दायित्व

परीक्षाको समयमा अभिभावकको पनि दायित्व बढ्छ। आफ्ना छोराछोरीको दिनचर्यालाई सन्तुलित बनाउँदै उनीहरूलाई समयमा पौष्टिक खाना दिनुपर्छ। आफू स्वयम्लाई कन्ट्रोल कसरी गर्ने, परीक्षाको तयारी गरिरहेका छोराछोरीलाई लगातार पढ्न नदिने र एक घन्टा पढेपछि कमसेकम अनिवार्य रूपले १० मिनेट वि श्राम गर्न लगाउनुपर्छ।

सिजनअनुसारको फलफूलको जुस दिने गर्नुपर्छ। आफूले पनि रमाइलो कुराकानी गर्दै माहोललाई सकारात्मक बनाउने प्रयास गर्नुपर्छ। बीचबीचमा प्रशंसा र प्रोत्साहनको माध्यमले उनीहरूको आत्मविश्वास बढाउने गर्नुपर्छ। भोजनमा दूध, बदाम, मेवा, जुस आदि समावेश गर्नुपर्छ। पर्याप्त निद्रा लिने गरी बेलैमा सुत्नको लागि प्रेरित गर्नुप्र्छ। आफ्ना अपेक्षाहरू छोराछोरीको थाप्लोमा राख्नुको सट्टा उनीहरूमाथि विश्वास गर्दै मनोबल बढाउने गर्नुपर्छ। नियमित योगाभ्यास र ध्यानको माध्यमले पनि तनावलाई कम गर्दै एकाग्रतामा वृद्धि गर्न सकिन्छ।

विद्यार्थीलाई सुझाव

परीक्षाभरि पठनपाठनमा बाधा पुर्‍याउने सामाग्रीहरू जस्तै– मोबाइल, ट्याब, कम्प्युटर आदिबाट टाढै बस्नुपर्छ। चिन्ता नलिई सकारात्मक सोच र आत्मविश्वास बढाउनुपर्छ। आत्मविश्वासले नै परीक्षामा प्रदर्शन स्तरलाई उत्तम बनाउन सक्छ। परीक्षाको बेलामा विषयलाई एकपटक दोहोर्‍याउनु महŒवपूर्ण हुन्छ। परीक्षामा बढी अंंक प्राप्त गर्न धेरै लेख्नुपर्छ भन्ने छैन। प्रश्नको उत्तर सारगर्भित र स्पष्ट हुनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.