डोजरमा आगजनी

डोजरमा आगजनी

जाजरकोट : बारेकोटमा मंगलबार राती अपरिचित समुहले डोजरमा आगजनी गरेको छ । बारेकोट गाँउपालिका जोड्ने हान्नेसल्ला—लिम्सा सडक खन्न लगिएको रेगन निर्माण सेवा सुर्खेतको डोजरमा आगजनी भएको हो ।

सडक निर्माणको लागि बारेकोट लगिएको बा ३ क ४०८६ नम्वरको डोजर बारेकोट गाउँपालिका १ धौलाकोट खडकरी भन्ने स्थानमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । आगलागीबाट डोजरका पुरै पाटपुर्जा जलेको छ । डोजर किन र कसले आगजनी गरेको हो भन्ने खुल्न नसकेको प्रहरी जनाएको छ ।

नेत्रविक्रम चन्द्र विप्लब नेतृत्वको नेकपाका कार्यकर्ताले डोजर मालिक दानबहादुर खडकासँग केही समय अघि मोटो रकम चन्दा मागेको तर दिन आलटाल गरेपछि जलाएको हुन सक्ने आशंका गरिएको छ । डोजर मालिक खड्काले चन्दा नदिन डोजर जलाउने धम्की बारम्बार आएको सुनाए । तर अहिलेसम्म आगजनीको जिम्मा कसैले लिएको छैन । घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्छ ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक किशोर सिह श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.