गण्डकीका मुख्यमन्त्रीको सम्पति : सुन ५१ तोला, चाँदी ९० तोला

गण्डकीका मुख्यमन्त्रीको सम्पति : सुन ५१ तोला, चाँदी ९० तोला

पोखरा : गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक भएको छ । यसअघि उनीहरूले सम्पत्ति विवरण संसद र मन्त्रिपरिषद कार्यालयलाई पटकपटक बुझाएका थिए तर सार्वजनिक भने भएको थिएन । प्रदेश सभाको लेखासमितिले सम्पत्ति सार्वजनिक गर्न भनेको थियो । 

मन्त्रिपरिषद प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सम्पत्ति उनको आफ्नै व्यक्तिगत नामको खातामा १६ लाख ५० हजार रुपैयाँ छ । एभरेस्ट बैंकको पोखरा शाखामा उक्त रकम छ । प्रदेश सरकार प्रमुखका हैसियतमा गुरुङले प्राप्त गर्ने पारिश्रमिक लगायत सुविधा उक्त बैंकको खातामा जम्मा हुँदै आएको छ । सिभिल बैंकमा उनकै नाममा १ लाख रुपैयाँ नगद छ । 

मुख्यमन्त्रीका पाइलट छोरा विज्ञान गुरुङसमेतको नामको सम्पत्ति पनि मुख्यमन्त्री गुरुङको विवरणमा उल्लेख छ । विज्ञानको नाममा नबिल बैंकमा ६० र लक्ष्मी बैंकमा १० लाख रुपैयाँ नगद जम्मा छ । उक्त नगद विज्ञानले तलब भत्ताबाट आर्जेको सम्पत्ति भएको विवरणमा उल्लेख छ । मुख्यमन्त्रीको सम्पति विवरणमा सुन ५१ तोला, र चाँदी ९० तोला रहेको समेत उल्लेख छ ।    

मुख्यमन्त्रीकी श्रीमती कुमारीमुनि गुरुङको नाममा जनकल्याण सहकारीमा ५ लाख, सिभिल बैंकमा ३ लाख ५० हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा २ लाख रुपैयाँ रहेको विवरण मन्त्री बस्नेतले सुनाए । मुख्यमन्त्रीकी श्रीमती कुमारीमुनि निवृत्तिभरणसमेत प्राप्त गर्ने पूर्वशिक्षक र लमजुङको क्वोलासोथर गाउँपालिकाकी उपाध्यक्षसमेत हुन् । 

९ भेडा र ७ वटा बाख्रालाई पनि समेटिएको सम्पत्ति विवरणमा मुख्यमन्त्रीको नाममा लमजुङको साविक गिलुङ गाविसको वडा नम्बर ९ मा १० रोपनी जमिन छ । उक्त जमिन अंशबन्डामार्फत प्राप्त भएको जानकारी मन्त्री बस्नेतले दिए । 
मुख्यमन्त्रीकी बहिनी आशकुमारी गुरुङको नाममा क्व्होलासोथर गाउँपालिकामा २७ रोपनी जमिन र एउटा घर छ । बहिनीले उक्त सम्पति अंशबन्डामार्फत पाएकी हुन् । अर्थमन्त्री किरण गुरुङको नाममा पोखरा १२ कुँडहरमा २२५ वर्गमिटर जमिन छ । 

तनहुँ भीमाद नगरपालिका ९ का स्थायी बासिन्दा अर्थमन्त्री गुरुङले उक्त जमिन सापटी गरी किनेको सम्पत्ति विवरणमा उल्लेख छ । उनकी श्रीमती कृष्ण श्रेष्ठले पर्वतको फलेबास नगरपालिका ६ मा ६ आना घडेरी पैतृक सम्पति माइतीबाट प्राप्त गरेकी छन् । ललितपुरको धापाखेलमा ६ आना घडेरी पनि उनीहरूले सापटी गरी खरिद गरेको जानकारी मन्त्री बस्नेतले दिएका छन् । 

अर्थमन्त्री गुरुङकी आमाको नाममा भीमाद नगरपालिकामा ११ रोपनी ५ आना जमिन छ । उनका संगोलमा ४ दाजुभाइ र १ बहिनी छन् । स्वर्गे भइसकेका पिता तुलारामको नाममा ९० रोपनी जमिन भीमाद नगरपालिका (साविक भानुमती गाविस)मा रहेको पनि अर्थमन्त्रीको सम्पति विवरणमा  छ । उनीसँग ४ तोला र श्रीमती कृष्णकुमारी श्रेष्ठसँग १५ तोला सुन छ । नबिल र एभरेस्ट बैंकमा रहेको नगदबारे भने सम्पत्ति विवरणमा उल्लेख छैन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.