कोभिड–१९ भाइरसको उच्च जोखिम : तयारी सुस्त

कोभिड–१९ भाइरसको उच्च जोखिम : तयारी सुस्त

विश्वव्यापी महामारी (पेन्डामिक) बनेको कोभिड– १९ भाइरस संक्रमणको उच्च जोखिममा रहेको नेपालमा सरकारले केही तयारी र सजगता अपनाउने प्रयास गरेको छ। तर यो प्रयास पर्याप्त र प्रभावकारी देखिँदैन। अहिलेसम्म भाइरस पोजिटिभ नभए पनि ढुक्क हुने अवस्था भने छैन। नेपालजस्तो स्वास्थ्य तथा भौतिक पूर्वाधार अति कम भएको मुलुकमा विश्व महामारीबाट आफ्ना नागरिकको सुरक्षा गर्नु कम्ता चुनौतीपूर्ण छैन।

विशेषगरी कोरोना जाँच गर्ने कीट नै पर्याप्त छैन। देशभर जम्मा १२ सय कीट मात्र छन्। तत्कालीन अवस्थाको विज्ञद्वारा आकलन गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ। विगत दुई महिनादेखि यो महामारी फैलिरहे पनि सरकारले बेलैमा कीट व्यवस्थापन गर्न सकेन। यस्तो बेलामा परीक्षण गर्ने कीट लम्बेतान प्रक्रिया पूरा गर्दागर्दै समय अभाव हुन सक्छ। अर्कातर्पm विश्वमा कीट उत्पादन गर्ने देशको ध्यान नै युरोप र अमेरिकातिर केन्द्रित छ।

सरकारले केही दिनको हवाई आवागमन रोक लगाउने निर्णय गर्‍यो। तर कोरोना उत्पत्ति भएको देश चीनबाट आउने जहाज उडानमा रोक लगाइएन। भारत, चीन, थाइल्यान्ड, बंगलादेश, सिंगापुर र भुटानबाट आउनेलाई मात्र खुला गरियो। यसले अन्य संक्रमित मुलुकबाट ट्रान्जिट बनाएर आउने जोखिम बढ्नेछ। किनभने त्रिभुवन विमानस्थलमा भरपर्दाे स्क्रिनिङ र परीक्षणको बन्दोबस्त छैन। केवल औपचारिकता पूरा गर्ने काम हुने गरेको छ। ज्वरो नाप्ने मेसिन संख्या थप गर्ने, विमानस्थल सरसफाइमा जोड दिने, स्वास्थ्य जनशक्ति बढाउने विषयमा ध्यान गएको छैन।

प्रमुख चुनौती भनेको भाइरस पहिचान गर्ने सरकारको कम क्षमता हो। बढीभन्दा बढी जाँच गरेर संक्रमणका केस पत्ता लगाउन सक्नुपर्छ, विश्व स्वास्थ्य संगठन पनि यही भन्छ। अस्पतालहरूमा आइसोलेसन, आईसीयू र स्वास्थ्यकर्मीहरूको व्यवस्था भएको छैन।

भाइरस पहिचान गर्ने क्षमता बढाउनुपर्‍यो। बढीभन्दा बढी परीक्षण गरेर केस पत्ता लगाउनुपर्छ। विश्व स्वास्थ्य संगठनले पनि यही भन्दै आएको छ। संक्रमित पहिचान भए तिनीहरूलाई अस्पतालमा भर्ना गरेरै उपचार गराउनुपर्छ। क्वारेन्टाइन, आईसीयु र आईसोलेसनमा रहेका व्यक्तिको निगरानी गर्ने र स्वास्थ्य जाँच गराउने स्वास्थ्यकर्मीले सुरक्षा कबच अर्थात् पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) सकिन लागेको छ। यो गम्भीर विषय हो। विदेशमा उपचारमा संलग्न हुने चिकित्सक नै संक्रमणबाट ज्यान गएको खबर सार्वजनिक भइरहेका बेला नेपालमा टेन्डर प्रक्रिया सुरु भएको छ। भाइरस संक्रमणको गति तीव्र रूपमा बढिरहेका बेला तयारीमा सुस्तता छाएको छ।

अब गर्नुपर्ने मुख्य काम भनेको जनचेतना हो। त्यसपछि पूर्वाधारहरूको क्रमिक व्यवस्था। संरचनागत पूर्वाधार मात्र नभई उपकरणको बन्दोबस्ती। एक समुदायबाट अर्काे समुदायमा फैलिने जोखिम बढे लक डाउन गर्न पनि चुक्नु हुन्न। यस्तो अवस्थामा मनोवैज्ञानिक त्रास फैलने हुँदा सरकारले सोहीअनुरूप मातृभाषामा सन्देश सम्प्रेषण गर्नुपर्छ। यस्तो बेला सरकारको एकल प्रयास मात्र पर्याप्त हुँदैन; निजी क्षेत्र, विभिन्न गैरसरकारी संघस्थाहरूले एकीकृत र समन्वयात्मक ढंगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.