व्यवसायीलाई भाडामा ५० प्रतिशत छुट

व्यवसायीलाई भाडामा ५० प्रतिशत छुट

पोखरा : पोखरा ट्रेड मलले व्यवसायीलाई भाडामा ५० प्रतिशत छुट घोषणा गरेको छ। कोरोना भाइरस (कोभिड-१९) बाट व्यापार व्यवसाय प्रभावित बनेपछि मल सञ्चालक समितिले उक्त घोषणा गरेको हो। अध्यक्ष विन्दुकुमार थापाले समस्या बढ्दै गए व्यवसायीका लागि अझै राहतका कार्यक्रम ल्याउने जानकारी दिए।

मलको घोषणाले व्यवसायीलाई २५ लाख रुपैयाँ राहत हुनेछ। मलमा ५ सय ३ वटा सटर छन्। २ सय ५२ व्यापारिक प्रतिष्ठानलाई चैत महिनाको भाडामा आधा छुट दिने थापाले बताए। ‘व्यवसायमा नाफा मात्र जोडिँदैन, सेवाको भावना पनि जोडिएको हुन्छ’, अध्यक्ष थापाले भने,  ‘मर्कामा परेका व्यवसायीबाटै सञ्चालित संस्था भएकाले भाडामा राहत प्रदान गर्ने निर्णय गरेका हौं।’ यसबाट अरु संस्थालाई पनि राहतका लागि सन्देश पुग्ने विश्वास थापाले व्यक्त गरे। बैंक तथा वित्तीय संस्थाले समेत ब्याजदरमा कम्तीमा ५० प्रतिशत घटाउने व्यवस्था मिलाउनुपर्ने थापाको भनाइ  छ।

पोखरा ट्रेड मलको ग्रोसरी पसल प्रत्येक दिन खुला रहने जानकारी प्रबन्ध निर्देशक मिनराज काफ्लेले दिए।  पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले आफ्नो व्यक्तिगत जग्गा र घरमा रहेको रेस्टुरेन्टलाई चैतको भाडा मिनाहा घोषणा गरेकी छन्।

उनले पोखरा ६ जरेबरमा रहेको जग्गाको चैत महिनाको भाडा नलिने घोषणा गरेकी हुन्। कोरोनाले व्यवसाय धरासायी बन्दै गएको भन्दै घरभाडामा छुट दिन माग गरिरहेको बेला उपप्रमुख आफैले भाडा नलिने घोषणा गरेकी हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.