सिल्क एयरमा आएका सबै क्‍वारेन्टाइनमा , विमान अपरान्ह स्वदेश फर्किदै

सिल्क एयरमा आएका सबै क्‍वारेन्टाइनमा , विमान अपरान्ह स्वदेश फर्किदै

काठमाडौं : नेपाल छिर्न प्रतिबन्ध लगाइएका मुलुकबाट यात्रु ल्याएको भन्दै विवादमा फसेको सिल्क एयरको जहाज आइतबार अपरान्ह २:३० बजे स्वदेश फर्किने भएको छ । विमान करिब ११८ जना यात्रु लिएर फर्किने तयारी गरेको नेपाल उड्‍डयन प्राधिकरणले जनाएको छ।

सरकारले कोभेड १९ को प्रकोप नियन्त्रणका लागि अस्थायी समयका लागि प्रतिबन्द लगाइएका मुलुकबाट यात्रुसहित शनिबार नेपाल आएको सिल्क एयरको जहाजलाई नेपाल छिर्न दिने कि नदिने विवादमा तानिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको ३ घण्टापछि मात्र विमानमा सवार सबै ८५ यात्रुलाई ओरालेको थियो।

जहाजमा प्रतिबन्धित मुलुकसहित अन्य मुलुकबाट आएका नेपाली रहेको विमानस्थल अनुगमन शाखा प्रमुख सागर आचार्यले जानकारी दिए । उक्त विमानमा ३ जना यात्रु कोरोना संक्रमण मुलुकबाट आएको र उनीहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ।

सरकारले नेपाल छिर्न प्रतिबन्ध लगाइएका तर ती देशमा अस्थायी रुपमा बसोबास गर्ने नेपाली नै भएको आचार्यले बताए । ३ जना मध्ये १ जना नेदरल्यान्डबाट र २ जना जापानबाट आएका हुन् । अन्य ८२ जनालाई भने १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ।

८२ जनामा एकजना अष्ट्रेलियन नागरिक पनि रहेका छन् । ती बाहेक माल्दिभ्स, इन्डोनेसिया, फिलीपिन्स र अमेरिकामा रहेका नेपाली भएको बताइएको छ ।  सिंगापुरको सिल्क एयरले सरकारको निर्णयविपरित काम गरेकाले अन्य कारवाही नभए सचेत रहन आग्रह गरिने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.