विमानस्थलमा शून्य उडान

विमानस्थलमा शून्य उडान

काठमाडौं : बाह्य तथा आन्तरिक उडान ठप्प भएपछि त्रिभुवन अन्तर्राट्रिय विमानस्थल सुनसान भएको छ। सोमबारसम्म आन्तरिक उडान हुँदै आएको भए पनि मंगलबार भने कुनै पनि उडान नभएको विमानस्थलले जानकारी दिएको छ। एक हप्ताका लागि सरकारले लकडाउन गर्दै सम्पूर्ण उडान बन्द गर्न निर्देशन दिएसँगै विमानस्थल सुनसान देखिएको हो।

मंगलबार कुनै पनि अन्तर्राष्ट्रिय उडानको तालिका नभएकाले उडान शून्य भएको प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए। चैत १० गतेबाट सम्पूर्ण बाह्य उडान बन्द भएपछि सोमबार ४ वटा एयरलाइन्सले खाली जहाज ल्याएर काठमाडौंबाट यात्रु भने ओसारेको विमानस्थल बताउँछ।

अत्यावश्यक परिस्थितिमा सरकारको विशेष स्वीकृति लिएर उडान भर्न सकिने भए पनि मंगलबार कुनै पनि उडान तालिका नभएको उनको भनाइ छ। दैनिक ६५ भन्दा बढी अन्तर्राष्ट्रिय र ३ सयभन्दा बढी आन्तरिक उडान हुँदै आएको थियो। दैनिक १२ हजारभन्दा बढी यात्रुको चहलपहल हुने विमानस्थलमा मंगलबार सुनसान देखिएको हो।

तर, बुधबार वा बिहीबारबाट अन्तर्राष्ट्रिय उडान हुन सक्ने कर्णले बताए। नेपाल भ्रमणमा रहेका पर्यटक बेखर्ची हुने र भिसाको अवधि पनि सकिने हुँदा सम्बन्धित एयरलाइन्सले यात्रुलाई गन्तव्यमा पुर्‍याउन उडान भर्नुपर्ने उनको भनाइ छ।

यता, नेपाल सरकार अध्यागमन विभागले मार्च २२ तारिकदेखि अप्रिल ३ सम्मका लागि विभागको काम बन्द गरिसकेको छ। विभागले सूचना जारी गर्दै मार्च २१ सम्म भिसा अवधि भएका पर्यटकको हकमा शर्तअनुसार काम गर्ने उल्लेख गरेको छ। भिसा थप्ने सन्दर्भमा २१ मार्चसम्म भिसा अवधि भएको हुनुपर्ने, भिसा थपका लागि विभाग सुचारु भएको ७ दिनमा निवेदन दिनुपर्ने र २१ मार्चअघि नै भिसा अवधि सकिएर पनि भिसा थप गर्न नआएको हकमा अध्यागमन कानुन अनुसार दण्ड जरिवाना गरिने भनिएको छ। कानुनअनुसार भिसा सकिएको अवधि १५ दिनभन्दा कम भए ३ अमेरिकी डलर र १५० दिनभन्दा बढी भिसा नथपिएको भए ५ अमेरिकी डलर जरिवाना तोकिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.