सेना परिचालनपछि सप्तरीमा सडक सुनसान

सेना परिचालनपछि सप्तरीमा सडक सुनसान

राजविराज : ‘लकडाउन’को दोस्रो दिन बुधबार सप्तरीको अवस्था सामान्य छ । सडकमा अत्यावश्यक बाहेकका सवारी चलेका छैनन् । अत्यावश्यक सेवाका र केही अत्यन्त जरुरी काममा रहेका बाहेक अन्य सबै रोकिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । सार्वजनिक गाडी चलेका छैनन् ।

सप्तरी प्रहरीमा दरबन्दीभन्दा आधा मात्र संख्या कार्यरत रहेकाले ‘लकडाउन’ कार्यान्वयन गर्न नेपाली सेना र सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ । प्रहरीले मात्र नियन्त्रण गर्न समस्या देखिएपछि सेना र सशस्त्र परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए । नेपाल प्रहरी र सशस्त्रको जनशक्ति अभाव भएपछि सेना परिचालन गर्नुपरेको उनको भनाइ थियो ।

बिहान दैनिक उपभोग्य सामाग्री किन्न केही ढिलाइ भएकोमा दिउँसोदेखि कडाइ गरेपछि सडक सुनसान भएका छन् । स्थानीय प्रशासनले प्रमुख बजारमा बुधबार बिहान माइकिङसमेत गराउँदै घर बाहिर ननिस्कन आग्रह गरेको छ । प्रहरीका साथै सेना र सशस्त्र सडकमा ओर्लेपछि लकडाउन पालना भइरहेको छ ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले देशभरि ‘लकडाउन’ गरेकाले बाहिर नजान र गाडी नचलाउन अनुरोध गर्दै बाटोमा हिँडनेलाई सम्झाइबुझाइ घर फर्काइरहेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाईले सर्वसाधारणबाट ‘लकडाउन’को पालना भइरहेको र नजानेर उल्लंघन गर्नेलाई सम्झाइबुझाइ फर्काएको बताए । अनुमतिप्राप्त गाडी, औषधि उपचार, खाद्यान्न आपूर्ति, सुरक्षा र स्वास्थ्यकर्मीका साधन चलेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.