सप्तरीमा ३६९ शैयाको क्‍वारेन्टाइन

सप्तरीमा ३६९ शैयाको क्‍वारेन्टाइन

राजविराज : कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र नियन्त्रणका लागि सप्तरीमा तीन सय ६९ शैयाको क्वारेन्टाइन सञ्चालन गरिएको छ। भारतलगायत विदेशबाट आएका व्यक्तिलाई निगरानीमा राख्नका लागि सप्तरीको १७ वटा स्थानीय तहले आ-आफ्नो श्रोत साधनलाई उपयोग गर्दै क्वारेन्टाइन निर्माण गरेका हुन् ।

राजविराज नगरपालिका २ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा २५, कञ्चनरुप नगरपालिकास्थित सर्वोदय माविमा १२, शंकर माविमा १२ र बदगामा स्वास्थ्य चौकीमा १०, डाकनेश्वरी नगरपालिकास्थित कच मावि पातोमा ५, बोदे बर्साइन नगरपालिकास्थित जियालाल माविमा १० र जीवनदिप अस्पतालमा ७, शम्भुनाथ नगरपालिका ७ स्थित बुद्धिलाल बिद्या मुनर नमूना मावि भगवतपुरमा १०, सुरुङ्गा नगरपालिका ५ स्थित मछिलाल मावि कुशहामा १०, हनुमाननगर कंकालिनी नगरपालिका ११ स्थित सामुदायिक भवनमा ३० र वडा नम्बर २ स्थित सकरदही विद्यालयमा २०, सप्तकोशी नगरपालिकास्थित गोबैज मावि फत्तेपुरमा २१ र जनता मावि भगनी मलेठमा २१ शैया क्षमताको क्वारेन्टाइन सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार राजगढ गाउँपालिकास्थित जसमावि नर्घोमा ३०, अग्नीसाइर कृष्णसवरण गाउँपालिकास्थित जनचेतना मावि घोघिदाहामा २४, छिन्नमस्ता गाउँपालिका ३ स्थित चौरसिया धर्मशालामा २५, महादेवा गाउँपालिका १ स्थित नरबहादुर थापा मावि पकरीमा २५, तिलाठी कोइलाडी गाउँपालिकास्थित लबनमावि बमनगामा कट्टीमा १५ र बृद्धाश्रममा १०, रुपनी गाउँपालिका ४ स्थित जमुनी मधेपुरा माविमा १०, बिष्णुपुर गाउँपालिकास्थित जनता मावि बिष्णुपुर कट्टीमा १५, बलान बिहुल गाउँपालिकास्थित स्वास्थ्य चौकी मल्हनियामा १८ र तिरहुत गाउँपालिकास्थित सरस्वती जनता मावि लोहजरामा ४ शैया क्षमताको क्वारेन्टाइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । खडक नगरपालिकामा भने क्वारेन्टाइन निर्माण भएको छैन् । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.