कोरोना रोकथाम कोषमा मन्त्रीको एक महिनाको तलब

कोरोना रोकथाम कोषमा मन्त्रीको एक महिनाको तलब

सुर्खेतः कर्णालीमा कोरोना रोकथामका लागि स्थापना गरिएको विपद् कोषमा प्रदेश सरकार मन्त्रीले एक महिनाको तलब जम्मा गर्ने भएका छन्। बिहीबार साँझ बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकका निर्णयबारे जानकारी दिदै भूमि व्यवस्था, कृषि तथा सहकार मन्त्री विमला केसीले भनिन्, ‘विपद् कोषमा मन्त्रीपरिषद्का सबै सदस्यहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेको छ, यो कोषमा आवश्यक सहयोग गर्न पनि हामीले जनप्रतिनिधि लगायत सबैलाई आग्रह गर्ने निर्णय पनि गरेका छौं।’कर्णालीमा प्रदेश सरकारले यसअघि नै ५० करोडको विपद् कोष स्थापना गरिसकेको छ।

यही कोषमा रकम बृद्धि गर्न यस्तो निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ। यस्तै बैठकले प्रदेशका तीन वटा अस्पताललाई आइसोलेसन अस्पतालको रुपमा तोक्ने निर्णय गरेको छ। मन्त्री केसीकाअनुसार प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लार चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमलाई आइसोलेसन अस्पतालको रुपमा तोकिएको छ।

यसका लागि प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक/एक करोड र चौरजहारी अस्पताललाई पचास लाख बजेट उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ। कर्णालीमा आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि केन्द्र सरकारसँग आग्रह गर्ने र केन्द्र सरकारले दिन नसक्ने भए प्रदेश आफैले खरिद गर्ने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेको छ।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.