संक्रमण–विशेषज्ञ डाक्टरले नै फैलाइन् संक्रमण

संक्रमण–विशेषज्ञ डाक्टरले नै फैलाइन् संक्रमण

एक जना रुसी डाक्टरलाई जेल सजाय हुने सम्भावना छ। उनले १२ सय व्यक्तिलाई कोभिड–१९ को संक्रमण हुन सक्ने जोखिममा पारेकी छिन्। 

प्राध्यापक डाक्टर इरिना सानिकोभा रुसको दक्षिण–पश्चिमी शहर स्ताभ्रोपोलस्थित स्ताभ्रोपोल स्टेट मेडिकल युनिभर्सिटीको संक्रामक रोग विशेषज्ञ हुन्। उनी अन्तर्राष्ट्रिय रूपमा विख्यात चिकित्सक हुन्। 

गत बुधबार उनमा कोरोना भाइरसको संक्रमण भएको पत्ता लाग्यो। कृत्रिम यन्त्र प्रयोग गरेर फोक्सो चलाउनुपर्ने अवस्थामा पुगेकी उनी अस्पताल भर्ना हुनु छ दिनअघि स्पेन घुम्न गएकी थिइन्। तर, उनले आफ्नो स्पेन बसाइलाई गोप्य राखेकी थिइन्। घरमा सेल्फ–आइसोलेसनमा नबसेर उनी अस्पताल आएकी थिइन्। 

सम्मानित चिकित्सक नै कोरोना भाइरस फैलाउने ‘सुपर–स्प्रेडर’ भइन्। उनका कारण तत्काल ११ जनामा कोरोना भाइरसको संक्रमण भएको ठहर भएको थियो। अन्य १२ सय जनालाई उनले जोखिममा पारेको बताइएको छ। उनलाई सहकर्मीहरूले ‘स्वार्थी’ र ‘जैविक विपत्ति’जस्ता उपनाम दिएका छन्। 

स्ताभ्रोपोल राज्यका क्षेत्रीय प्रशासक भ्लादिमिर भ्लादिमिरोभले भने, ‘उनी गैरजिम्मेवार व्यक्ति हुन्। निको हुनेबित्तिकै उनलाई कानुनी कारबाही हुनेछ।’ 

५० वर्षीया इरिनाले सञ्चो भएपछि सम्भवतः पाँच वर्ष जेल बस्नुपर्नेछ। केही समयअघि उनी टीभीमा जनतालाई कोरोना भाइरसबाट बच्ने उपाय सुझाइरहेकी थिइन्। उनी स्व–अलगावको सामाजिक उत्तरदायित्वबारे प्रवचन दिइरहेकी थिइन्। संक्रामक रोगको अगुवा विशेषज्ञले नै बाटो बिराइन्। त्यसैले उनको चर्काे आलोचना भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.