अलपत्र परेका ५० श्रमिकको उद्धार

अलपत्र परेका ५० श्रमिकको उद्धार

राजविराज : कारखाना र यातायात बन्द भएपछि पैदल हिँडेर घर जाउन लागेका ५० जना श्रमिकको सप्तरीबाट उद्धार गरिएको छ ।  'लकडाउन 'को कारण विभिन्न कारखानामा काम गर्ने ५० जना श्रमिकको सप्तरीबाट उद्दार गरी आ-आफ्नो घर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाईले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामको लागि सरकारले गएको मङ्गलबारदेखि देशैभरि लकडाउन गर्दा कारखानाले समेत विदा दिएपछि श्रमिकहरु अलपत्र परेका थिए । खाद्यान्न अभाव तथा यातायात नपाउँदा सप्तरीसहित मोरङ्गको बिराटनगर, सुनसरीको इटहरी र दुहबीको विभिन्न कारखानामा कार्यरत मजदुरहरु घरका लागि पैदल हिंडेका थिए ।

लकडाउनका बेला सप्तरीस्थित पूर्व-पश्चिम राजमार्गमा हिंडिरहेका श्रमिकलाई राजमार्गको विभिन्न ठाउँमा फेला पारी सोधपुछ गर्दा अलपत्र परेको थाहा पाएपछि उद्धार गरिएको एसपी प्रसाईले जानकारी दिए ।

        
उनीहरुलाई प्रहरीले कञ्चनरुप नगरपालिका, रुपनी गाउँपालिकालगायतसँग समन्वय गरी उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सडकमा पैदल हिंडिरहेका श्रमिकलाई स्थानीय तहले चिया, नास्ता खुवाई टिप्परको व्यवस्था गरेपछि सर्लाहीको लालबन्दीसम्म पठाइएको हो । प्रहरीका अनुसार सर्लाहीका ३८, रौतहट, बारा र सिरहाका चार÷चार जना श्रमिकहरुलाई उद्दार गरी सर्लाहीको लालबन्दी सम्म पठाइएको छ ।

श्रमिकलाई गन्तव्यसम्म पुग्न सजिलो होस भनेर गृह मन्त्रालयको आदेशमा ना.१ क ६२६७ नम्बरको टिप्परलाई पास उपलब्ध गराएर पठाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।

'लकडाउन' को कारण सप्तरीको पूर्व-पश्चिम राजमार्गको विभिन्न ठाउँमा अलपत्र परेका श्रमिक । प्रहरीले स्थानीय तहसँग समन्वय गरी श्रमिकहरुलाई सर्लाहीको लालबन्दीसम्म पठाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.