सांसदको घरमा २१ शैय्याको क्वारेन्टाइन
नुवाकोट : नोबेल कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि रसुवामा सांसदको घर नै क्वारेन्टाइन बनाइएको छ । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मोहन आचार्यको उत्तरगया गाउँपालिका लहरेपौवामा रहेको घरमा २१ शैय्याको क्वारेन्टाइन बनाएको गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिए।
गाउँमा कोरोना संक्रमित तथा शंकास्पद देखिएका उपचार र निरानीका लागि क्वारेन्टाइन बनाइएको हो । नजिकैको अन्य उपयुक्त स्थान नभएपछि स्थानीयको सहजताका लागि
सांसद आचार्य स्वयंको पहलमा उनकै घरमा क्वारेन्टाइन बनाइएको गाउँपालिकाका अध्यक्ष लम्सालले बताए।
लम्सालका अनुसार घरको चार कोठामा २१ शैय्या तयार गरिएको हो । क्वारेनटाइनमा एट्याच बाथरुम, धारालगायत सबै सुविधा रहेका छन् ।