कोरोना संक्रमित युवतीसँगै आएका १७ जनाको रिपोर्ट नेगेटिभ

कोरोना संक्रमित युवतीसँगै आएका १७ जनाको रिपोर्ट नेगेटिभ

सुर्खेत : कर्णालीमा हालसम्म नमूना परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ देखिएको छ। कोरोना भाइरस कोभिड-१९ को संक्रमण भएको आशंकामा कर्णालीबाट १७ जनाको नमूना काठमाडौं पठाइएको थियो। सोमबारसम्म सबैको रिपोर्ट आएको छ भने १७ जनामै कोरोनाको संक्रमण नदेखिएको पुष्टी भएको छ।

कोरोनाको संक्रमण फैलिएको भारतलगायत अन्य देशबाट फर्किएकाहरुमा संक्रमणको आशंका गरिएको थियो। शंकास्पद १७ जनाको नमूना परीक्षणका लागि काठमाडौं पठाइएको थियो। प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले हालसम्म नमूना परीक्षण गरिएका कर्णालीका १७ जनामै कोरोना संक्रमण नदेखिएको रिपोर्ट आएको जानकारी दिए। कर्णालीबाट कोरोना परीक्षणका लागि स्वाब शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौं पठाइएको थियो। 
प्रदेश अस्पताल सुर्खेतका डाक्टर केएन पौडेलका अनुसार परीक्षणका लागि नमूना पठाइएका मध्ये रुकुपश्चिमका एक र सुर्खेतका एक जनाको रिपोर्ट पोजेटिभ आउनसक्ने आंशका धेरै गरिएको थियो। उनीहरु यसअघि नेपालमा कोरोना संक्रमण भएकी युवती सवार जहाजबाटै नेपाल आएका थिए। तर उनीहरुको रिपोर्ट पनि नेगेटिभ आएको छ। 'हालसम्म नमूना परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको छ' मन्त्री राववले भने 'यो कर्णालीका लागि सुखद् हो। परीक्षणका लागि थप नमूना काठमाडौं पठाउन लागेका छौं। जुम्लाबाट तीन र सल्यानबाट पाँच जनाको नमूना संकलन भएको छ।' संकलन भएको आठ जनाको नमूना मंगलबार काठमाडौं पठाइने उनको भनाइ छ।

कर्णालीमा कोरोना रोकथामका लागि अभियान जारी छ। हाल कर्णालीमा झण्डै तीन सय जना क्वारेन्टाइनमा बसेका छन्। अहिलेसम्म सबैभन्दा बढी सुर्खेतमा एक सय ८६ जना, कालिकोटमा ५१, डोल्पामा ८५ जना र जुम्लामा ३९ जना क्वारेन्टाइनमा रहेका छन्। घरमै होम क्वारेन्टाइनमा बसेकाहरुको भने गन्ती भएको छैन। यद्यपी भारतलगायत अन्य मुलुकबाट आएका अधिकांश नागरिकहरु सेल्फ क्वारेन्टाइनमा बसेको सम्बन्धित जिल्लाले जनाएका छन्। यस्तै कर्णालीमा हालसम्म तीन सय ३९ बेडको आइसोलेसन तयार पारिएको छ। सबैभन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एकसय २० आइसोलेसन बेड तयारी अवस्थामा छन्।

प्रदेश अस्पताल सुर्खेतमा ५०, दैलेख जिल्ला अस्पतालमा ३०, सल्यान जिल्ला अस्पतालमा २२, रुकुममा पाँच, डोल्पामा आठ, हुम्लामा तीन, जाजरकोटमा ६, मुगुमा सात र कालीकोटमा सात बेडका आइसोलेसन कक्ष तयारी अवस्थामा रहेका सामाजिक विकासमन्त्री रावलले जानकारी दिए। कोरोना रोकथामका लागि कर्णालीमा हाल दुई हजार पाँच सय २८ बेडको क्वारेन्टाइन तयार भएको छ। यस्तै १७ बेडको आईसियू र सात वटा भेन्टिलेटरको व्यवस्था गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्री रावलले प्रदेश अस्पताल सुर्खेतमा दुई र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पाँच वटा भेन्टिलेटर रहेको बताए। यस्तै जुम्लास्थित प्रतिष्ठानमा १०, प्रदेश अस्पतालमा चार र दैलेख अस्पतालमा तीन बेडको आईसियू रहेको उनको भनाइ छ। उनकाअनुसार सुविधार र उपकरण थप्ने काम जारी नै रहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.