सशस्त्र प्रहरी हवल्दार निलम्बित

सशस्त्र प्रहरी हवल्दार निलम्बित

राजविराज : सप्तरीको बलान बिहुल गाउँपालका-३ मौवाहाका २६ वर्षीय हरेकृष्ण साह र २४ वर्षीय चन्द्र यादवलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार मनोज चौधरी कारबाहीमा परेका छन्।

नेपाल-भारत सीमा नाका बन्द र लकडाउनको समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका साह र यादवलाई निर्ममतापूर्वक कुटपिट गर्ने सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार चौधरी निलम्बनमा परेका हुन् ।

भारत बिहारको लौकहा बजारबाट दैनिक उपभोग्य सामाग्री किनेर घर फर्किरहेका उनीहरुलाई आइतबार सप्तरीको बलान बिहुल गाउँपालिकास्थित दशगजा क्षेत्रमा नियन्त्रणमा लिई चौधरीले निर्ममतापूर्वक कुटपिट गरेका थिए ।

सशस्त्र प्रहरी हवल्दार चौधरीले निर्ममतापूर्वक कुटेको भिडियो सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। भिडिओमा कुटेर लाठी भाँचेको, लाठी भाँचिएपछि अर्को लाठी लिएर पुनः कुटपिट गरेको, घोप्टो पारेर कुटेको, कुहिना र घुँडा टेक्न लगाएर हिंडाएको देखिन्छ। कुटपिट गर्दा वरिपरि बालबालिका समेत छन्। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारी रोकथाका लागि खटिरहेको सशस्त्र प्रहरी बल देश र देशबासीको सुरक्षाका लागि खटिरहेको भन्दै सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र एसपी उद्धव न्यौपानेले आरोपित चौधरीलाई तत्काल निलम्बन गरिएको जानकारी दिए।

आदेशविपरित सर्वसाधारणलाई कुटेको आरोपमा चौधरीलाई निलम्बन गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको उनले बताए । भारतबाट अवैध रुपमा निरन्तर समान ओसारपसार गर्नेहरुलाई पटक-पटक सम्झाउँदा पनि नेपाल-भारत सीमानाका बन्द र लकडाउनको उपेक्षा गर्दै आएकाले दशगजा क्षेत्रमा नियन्त्रणमा लिई सम्झाउन खोज्दा गालीगलौज गरेकाले कुटपिट गरेको दाबी आरोपित चौधरीले गरेका छन् ।

लकडाउन उल्लंघन गरेको भन्दै निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएसँगै आलोचना हुन थालेपछि सशस्त्र प्रहरी बल, नेपालको हल्चोकस्थित मुख्यालयले छानविन सुरु गरेको जनाएको छ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.