भागेर भारत गएको जोडी फर्कि आउँदा पक्राउ, क्वारेन्टाइनको भयो बास

भागेर भारत गएको जोडी फर्कि आउँदा पक्राउ, क्वारेन्टाइनको भयो बास

जनकपुरधाम  : नेपालबाट भागी भारत पुगेर एक महिनापछि फर्कि आएको एक जोडीले बिहे गर्न लाग्दा पक्राउ गरेर क्वारेन्टाइनमा राखिएको छ । धनुषाको शहिदनगर नगरपालिका ५ पछेर्वा मुसहरी टोलका युवा युवतीले पञ्चको निर्णय अनुसार बिहे गराउन लाग्दा प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा राखिएको छ । 

करिब महिना दिनअघि भागेर भारत पुगेको दुवैजना तीन दिनअघि पुनः घर फर्किएको थियो । घर फर्किएका दुवैजनालाई बिहीबार बिहान गाउँका पञ्चहरुको भेलाले दण्ड जरिवानासहित विवाह गराउन लाग्दा पक्राउ गरिएको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले जानकारी दिए । उनले भने, 'महिना दिनअघि दुवै भागेर छिमेकी मुलुक भारत पुगेका थिए।फेरी उताबाट भागेर नेपाल आइपुगेको दुई दिन भएको थियो, पञ्चहरुले दण्ड जरिवानासहित बिहे गराउन लाग्दा प्रहरीको सहयोगमा पक्राउ गरेर क्वारेन्टाइनमा राखेका छौं ।'

पक्राउ परेका युवायुवती दुवै दलीत मुसहर समुदायका हुन्। पञ्चहरुले पञ्चायतमा समाजिक नियम उल्लंघन गरेर भागेको आरोपमा केटा पक्षलाई डेढ लाख र केटी पक्षलाई १ लाख जरिवाना गरी विवाह गराउन लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको उपमेयर शिलादेवी कापरले जानकारी दिइन् । 

घटनाको सन्दर्भमा इलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक दिपकबाबु केसीले पक्राउ भन्दा भारतबाट फर्किएर आएको दुवैलाई कोरोना संक्रमणको शंकास्पद अवस्थामा क्वारेन्टाइन पठाइएको जानकारी दिए । उनले भने, 'विवाहको पछिल्लो चरणको कुरा हो, उमेर पुगेको नपुगेको भन्दा पनि क्वारेन्टाइनमा राख्नु कोरोना संक्रमणको निगरानी मात्र हो ।'

१० लाख बिमा, एम्बुलेन्स निःशुल्क

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्न उपचार तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी शहिदनगर नगरपालिकाको तर्फबाट १० लाखको बिमाको निर्णय गरेको छ । कोरोना भाइरसविरुद्ध दिनरात नभनी काममा खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरण निर्माणका लागि १० लाखको बिमा गरिएको मेयर उदय कुमार बरबरिया यादवले जनाए । 

उनले भने, 'उपचारमा खटिएका स्वास्थ्यकर्मीको लागि प्रोत्साहन स्वरुप प्रतिदिन ५ सय भत्ता र बिमाको निर्ण गरेका हौं ।‘ कोरोना संक्रमितलाई रेफर गर्नुपरे निःशुल्क एम्बुलेन्स र प्रत्येक स्वास्थ्यकर्मीलाई छुट्टाछुट्टै पीपीई सेट, ग्लोब्स, मास्क सहितका उपकरणहरु उपलब्ध गराएको जानकारी दिए ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.