ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

राजविराज : माटोको ढिस्कोले पुरिएर सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा खेलिरहेका दुई बालकको आइतबार मृत्यु भएको छ। 

अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ६ स्थित डाँडाघरे मगर टोलका बीरबहादुर मगरका पाँच वर्षीय छोरा निकेश र रोहित खडकाका आठ वर्षीय छोरा सञ्जयको ढिस्कोले पुरिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनरूपले जनाएको छ।

ईलाका प्रहरी कार्यालय कञ्चनरूप, सप्तरीका डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गाउँ नजिकैको जंगलमा खेल्न गएका उनीहरू माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएका हुन्। दुई बालकहरू अन्य साथीहरूसँग पहिरो छेउमा खेलिरहेका थिए। 

मृतक बालकहरूसँगै खेल्न गएका अन्य साथीहरूले गाउँमा आई परिवारलाई दिएको सूचनापछि गाउँलेहरूले खोज्न जाँदा बालकहरूलाई माटोले पुरिएको अवस्थामा भेटिएको स्थानिय बोधराज सुबेदीले बताए। जनप्र्रतिनिधी र स्थानियवासीको पहलमा ईलाका प्रहरी कार्यालय कञ्चनरूप र ईलाका प्रहरी कार्यालय महुलीको प्रहरी टोलीले माटोको ढिस्को पन्छाएर दुबै शवलाई बाहिर निकालेको स्थानीय डिकवहादुर मगरले बताए। 

मृतक बालकहरूको शवलाई पोष्टमार्टमका लागि साँझ गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको ईलाका प्रहरी कार्यालय कञ्चनरूप, सप्तरीका डिएसपी मिश्रले जानकारी दिए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.