क्‍वारेन्टाइनमा बसेकालाई सम्मानसहित बिदाई

क्‍वारेन्टाइनमा बसेकालाई सम्मानसहित बिदाई

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिकाले क्वारेन्टिन (एकान्तबास) बसेर घर जानेलाई प्रशंसापत्रसहित बिदाई गरेको छ । कोरोनाको त्रास हटाउन र सुरक्षित बनाउन सहयोग गरेकोमा धन्यवाद दिएर बिदाई गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । क्वारेन्टाइनमा बसेर सहयोग सरकारलाई सहयोग गरेकाले सम्मानसहित विदाइ गरिएको उनले बताए।

अधिकांश घर फर्किए
म्याग्दीका एकान्तबासमा बसेका ५१ जना विदेशबाट फर्किएका १५ दिनको अवधि पूरा गरेर आइतबार घर फर्किएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक सिडिओ महेश सुवेदीले धवलागिरी गाउँपालिकाको मुना, मच्छिम र ताकममा बेजिल्लाबाट १४ जना मात्र एकान्तबासमा रहेका बताए । 

मंगला गाउपालिकामा ९, बेनीमा २४ जना, अन्नपूर्ण गाउँपालिकामा ३, रघुगंगा गाउँपालिकामा १७ जनालाई एकान्तबास राखिएको थियो । मालिका गाउँपालिकाले दरवाङमा ८ शैयाको आइसोलेशन बनाएपनि विदेशबाट आएकालाई घरमै एकान्तबास बस्न लगाइएको थियो। 

म्याग्दीमा २०७६ चैत १ गतेपछि खाडी, युरोप र भारतबाट आएका ११५ जनाको लगत संकलन भएकोमा १५ दिन नपुगेकालाई राख्न १२५ जना क्षमताको क्वारेन्टाइन बनाइएको थियो । 

क्वारेन्टाइन अनुभव 

एकान्तबास बस्नेलाई स्थानीय तहले खाने बस्ने व्यवस्था गरेका थिए । एकजनालाई एकवटा कोठामा व्यवस्थित साथ राखिएको थियो । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र चिकित्सक खटाइएको थियो । क्वारेन्टाइनमा बस्दा आफू पनि ढुक्क, परिवार र समाजलाई पनि सुरक्षित तथा त्रासबाट मुक्त हुन सहयोग पुगेको मंगला २ सल्यानका रामु गौतमले बताए । 

तीनजना कोरोना शंकास्पद बिरामीको नमूना परीक्षण गरिएकोमा सबैमा कोरोना नभएको पुष्टि भएको सिडिओ ज्ञाननाथ ढकालले बताए । लकडाउन कार्यान्वयन गराउन प्रत्येक वडामा एकजना प्रहरीको साथमा स्थानीय तहहरुले पाँचजना स्वयमसेवक खटाएका छन् । 

राहत वितरण सुरु 

कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न, श्रमकि र अशक्तलाई स्थानीय तहले राहतका लागि खाद्यान्न वितरण सुरु गरेका छन् । धवलागिरी गाउपालिकाले ६००, मालिका गाउँपालिकाले ७९५, मंगला गाउँपालिकाले ३७७ परिवारलाई सदस्य संख्याको आधारमा चामल, दाल, नुन र तेल वितरण गर्न लागिएको जनाएका छन् । 

वडा कार्यालयमार्फत आवेदन संकलन गरेर टोल टोलमा पुगेर लकडाउनको अवधिलाई पुग्ने गरी खाद्यान्न वितरण भइरहेको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् । राहतका लागि पहिलो चरणमा अन्नपूर्ण गाउँपालिकामा १३८ घरधुरीको आवेदन प्राप्त भएको प्रशासकीय अधिकृत नविन सुवेदीले बताए ।

रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारीले व्यक्तिगत रुपमा चार लाख रुपैयाँको खाद्यान्न खरिद गरेर डेढ सय बढी परिवारलाई वितरण गरेका छन् । बेनी नगरपालिकाका प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले हालसम्म चार सय घरधुरीलाई राहत वितरण भैसकेको जानकारी दिए । 

म्याग्दीको मालिका गाउँपालिकाको डाँडागाउँमा लकडाउनका कारण प्रभावित भएका विपन्नलाई खाद्यान्न राहत वितरण गरिँदै । तस्बिर : अन्नपूर्ण    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.