लकडाउनमा लागुऔषध ओसार्ने चार पक्राउ

लकडाउनमा लागुऔषध ओसार्ने चार पक्राउ

राजविराज : नेपाल-भारत सीमा बन्द र लकडाउनका समयमा नेपालसँग सीमा जोडिएका भारतीय नाकाहरु सिल गरिएका छन्। अति आवश्यक काम बाहेक मानिसको हिंडडुल बन्द छ। आवागमन ठप्प छ । तर, पनि चोरबाटो प्रयोग गरी लागु औषध सेवनकर्ता लागुऔषध खरिद गर्न भारतीय सीमाका बजार पुगिरहेका छन् ।  

प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेज नजिकबाट लागु औषधसहित चारजनालाई बुधबार पक्राउ गरेको छ । प्रहरीको गस्ती टोलीले तीनवटा मोटरसाइकलाई रोकी चेकजाँच गर्दा १९ थान नाइट्राभेट ट्याब्लेट, ६ वटा डाइलेक्स सिरफ फेला पारेको सप्तरी प्रहरीले जनाएको छ । 

मोटरसाइकलमा सवार सप्तरीको कञ्चनरुप नगरपालिका २ बरमझियाका २९ वर्षीय सुरज साह, वडा नम्बर ५ का २१ वर्षीय संजय साह, वडा नम्बर ८ रुपनगरका ३२ वर्षीय दिपेन्द्र श्रेष्ठ र हनुमाननगर कंकालिनी नगरपालिका १ का १९ वर्षीय कालु साहलाई लागु औषधसहित पक्राउ गरेको डीएसपी तिलक भारतीले बताए ।

उनीहरु लागुऔषध सेवन गरी केही लागुऔषध बोकी स.३प ३०१०, को.७ प ९३२ र बा.४३ प ४६१४ नम्बरको मोटरसाइलमा आएका थिए । थप जनशक्ति परिचालित भइ सीमाका सबै खाले नाकाहरु बन्द भए पनि अन्य बाटो प्रयोग गरेर तस्करको आवतजावत भइरहेको स्थानीयले बताएका छन् ।

दिनभर लकडाउनको राम्रै प्रभाव परे पनि रात परेसँगै र बिहान भारतसँग जोडिएका सीमा नाका आसपासमा र बजारमा चहलपहल बढ्ने गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.