नेकपा ‘गाडधन’ को रक्षा

नेकपा ‘गाडधन’ को रक्षा

पार्टी जबजब संकटमा पर्छ र त्यसमाथि कसैले डकैती गर्न थाल्छ, त्यसबेला पार्टी बचाउने जिम्मेवारी ‘गाडधन’ रूपी व्यक्तिकै काँधमा आउँछ


माधवकुमार नेपाल र नेकपा एमाले एकताका पर्यायवाचीजस्तै थिए। हुन पनि किन नहोस्, विश्व परिवेशमा माक्र्सवादलाई नेपाली माटोअनुकूल व्याख्या गरी बन्दुकको त्रासबाट होइन सन्दुक (मतपेटिका) को विश्वासबाट वामपन्थी सत्ताामा पुग्न सक्छन् भन्ने बहुदलीय जनवादको प्रवर्तक जननेता मदन भण्डारीको रहस्यमय अवसानपछिको अन्योल र संकटको भुमरीमा एमालेको नेतृत्व लिई दुई दशकसम्मको राजनीतिक मैदानका कुशल मिडफिल्डर माधव नेपाललाई धेरैले (भद्र)गोल गर्न कदापि नदिने आफैंमा निष्ठाका सतिसाल मान्दा रहेछन्।

संकटका बेला खर्च गर्न र चोरको हात पर्ला कि भनी लुकाउन माटामुनि गाडेर राखिएको धनलाई गाडधन भनिन्छ। माधव नेपाल नेकपाका त्यस्तै एक अमूल्य गाडधन हुन् रे। पार्टी जबजब संकटमा पर्छ र त्यसमाथि जब कसैले डकैती गर्न थाल्छ, त्यसबेला बडो सुझबुझसाथ पार्टी बचाउने जिम्मेवारी समयले उनकै काँधमा सुम्पेको देखिन्छ।

यसरी पार्टीमा विशेष गरी संकटका कालाकाला घनघटा गर्जन थालेका बेला समयले आफैं माधव नेपालतर्फ नियाल्छ, किनकि उनी नै एक त्यस्ता नेता हुन् जसले बाह्रवर्षे द्वन्द्वमा आफ्ना नेता तथा कार्यकर्ता विद्रोहीका मौलामा बलि हुँदा पनि आँखामा बगेका आँसुलाई घुटुघुटु निले। उनले दुर्घटना हुनै लागेको उनै विद्रोहीको इन्धनहीन विमानलाई कहिले सिलिगुढी त कहिले दिल्लीमा फोर्स ल्यान्डिङ गराएर लिट्टे हुनबाट बचाएको गाइँगुइँ सुनिएकै हो। यसरी मुलुकलाई तत्कालीन दृष्टिमा ठूलो क्षति हुनबाट जोगाएका उनको जस र योगदानलाई समयले आफ्नो नोटबुकमा लेखेर राखेकै होला !

र आज फेरि नेपालका काँधमा त्यस्तै गहन जिम्मेवारी आउन थालेको हो कि भन्ने आभास भइरहेको छ।

अहिले आम कार्यकर्ता एवं मतदाताका हृदयहरूले आफूले दुईतिहाइ मत दिएर स्थिर सरकार बनाउन जिम्मा दिएको नेकपा र त्यसका मुखिया गम्भीर संकटमा परेको महसुस गरिरहेका होलान्, नगरून् पनि किन ! टालाटुली गाँसेर बनेका (कठ)पुतली जस्ता कामचलाउ भनिने अस्थिर र अराजक सरकारबाट वाक्कदिक्क भएका जनताले पाँच वर्षसम्म स्थिर र बलियो सरकार चलाउन भनी केपी शर्मा ओलीको भरोसा गर्दै दुईतिहाइ हाराहारी मत दिएर विजयी बनाएकै हुन्।

हुन त जनताको विश्वासका बीजबाट अंकुरित हुँदै सिर्जनात्मक रूपमा जबज (जनताको बहुदलीय जनवाद) नीतिमा हुर्केको तत्कालीन नेकपा एमाले र द्वन्द्वकालीन सन्नाटा,बारुद र त्रासको भुङग्रोबाट हठात्जन्मी जबज (जबर्जस्ती) ढाँचामा परालको आगो झैं हुरुर्र दन्केर निभ्न लागेको तत्कालीन माओवादी केन्द्रबीचको अप्रत्याशित एकता आफैंमा सन्देहले घेरिएको थियो। त्यस एकताप्रति एकातिर त्यतिबेलै आम जनसमुदाय सशंकित थियो भने अर्कातिर विद्रोहपथ विसर्जन गरी उत्तााउलो र छाडा संसदीय अभ्यास अवलम्बन गरी आएको पक्षको जनाधारलाई आकलन नगरी हतारमा ४० प्रतिशतको सेयर प्रदान गरियो। जसका कारण तमाम अनुशासित र व्यवस्थित संगठन भएको तत्कालीन एमालेका कयौं नेताकार्यकर्तामा एकप्रकारको वितृष्णा समेत पैदा भएको थियो।

आम जनतामा त्यतिबेला पैदा भएको त्यो आशंका र आम नेता र कार्यकर्तामा त्यतिबेला उद्बुद्ध त्यो वितृष्णाभित्र आजको दिनको अवस्था पैदा होला कि भन्ने भय उहिल्यैदेखि उनीहरूमा थियो भन्ने अनुमान लगाउन अब भने गारो परेन। आम नेता र कार्यकर्ता के कुरामा ढुक्क थिए भने नेकपामा त्यसरी त्यति थोरै लगानीमा त्यति विधि ४० प्रतिशत सेयर प्राप्त गरेको पक्षबाट यति छिटो योजनाबद्घ रूपमा ६० प्रतिशत माथि अवैधानिक ((आसन्न महाधिवेशनसँग तर्सेर ) हमला गर्ने दुस्साहस हुँदैन होला।

अब सबैले अनुभूत गरिसकेको कुरो के देखियो भने कहिल्यै महाधिवेशन नगरी हिजोसम्म पुराना पार्टी निरन्तर भत्काउँदै र नयाँ पार्टीमा डेरा सर्दै विद्रोहकालका घागडान र अन्तरंग नेताहरूलाई राजनीतिको भीरबाट घचेटेर ‘पार्टी अनेक अध्यक्ष एक’ भइरहनुपर्ने कामरेडमा पार्टी भत्काएरै भए पनि बाँचुन्जेल र आजीवन पार्टी अध्यक्ष बन्ने र छाड्नै परे सन्तानमा हकभोग सारेर मात्र वि श्राम लिने रहर पलाउनु अस्वाभाविक पनि होइन।

खोइ, शासकमा सन्तानलाई उत्ताराधिकारी बनाउने मोह पनि विचित्रकै हुँदो रहेछ, महाभारतको उहिलेको धृतराष्ट्रको सन्तानमोहको विम्ब कहिले पनि डेट एक्सपायर्ड हुँदो रहेनछ।

ज्ञानेन्द्रको पुत्रमोह र गिरिजाको पुत्रीमोह एक जमानामा निकै चर्चित थिए। त्यतिबेलैका प्रधानमन्त्री मनमोहन अधिकारीमा त्यो मोहको अणु पनि देखिएन। झलनाथले पनि पुत्रलाई राजनीतिको विरासत थमाउने मोहमा डुबेको देखिएन। माधव नेपालले पनि आफ्ना सन्तानलाई राजनीतिमा ल्याउन चासो राख्नु भएन। केपी ओलीमा सन्तानमोह हुने गुन्जायस नै रहेन तर उहाँका धर्मपुत्र हुँ भन्ने केही अधर्मीका व्यक्तिगत स्वार्थ, चुरीफुरी अहंका कारणले कतिकति बेला उहाँको दृढ अठोट र लक्षमा व्यवधान पुर्‍याएको, उहाँको सरकारले गरेका महत्तवपूर्ण उपलब्धि ओझेलमा पार्न खोजिएको, उहाँप्रति असीम विश्वास गर्नेहरूलाई बेलाबेला निराश तुल्याउने गरेको चर्चालाई हावा नचली पात हल्लेको भनिहाल्न सकिन्न भन्नेहरू पनि त्यत्तिाकै छन्।

जतिसुकै नजिकको भनी प्रचार गरिएका व्यक्तिहरू माथि कुनै आधिकारिक आरोप लाग्नासाथ प्रधानमन्त्रीले तत्काल एक्सन लिएका तमाम दृष्टान्तका प्रयोग अझै जारी रहून्। किनकि लाठेले बाबुका काखमा ‘सु’ गर्दा गनाउने बाबु नै हो त्यस्तालाई सकभर काखमा नराख्नुस् र गनाएका लुगा छन् भने धोइहाल्नुस्। अहिलेसम्म त्यसो गर्ने गरेकैले होला, प्रधानमन्त्री ओलीप्रतिको विश्वासको क्रेज यथावत रहेको संकेतका सबल सूचकहरू देख्ने पनि त्यत्तिाकै छन्।

कामरेड प्रचण्डको स्थिति अलि फरकचाहिँ अवश्य हो। उनको सिंगो परिवार उनकै नेतृत्वमा विद्रोहमा होमिएकै हो। त्यस अर्थमा उनका सन्तान राजनीतिमा आउनु स्वाभाविकै हो स्थापित हुने क्षमता उनीहरूले देखाउनुपथ्र्यो। तर सन्तानलाई स्थापित गर्नकै लागि भनेर चुनाव जिताउन मच्चाइएको भरतपुर महाभारतले कामरेड आफंै लुडोको भर्‍याङ बनेर सन्तानलाई शीर्षमा पुर्‍याउन कति लालायित छन् (? ) भन्ने पुष्टि भएकै हो। त्यही प्रच्छन्न लालसाले पार्टीमा नयाँ कुरुक्षेत्र र महाभारत मच्चिन लागेको हो भने पनि त्यो मनको लड्डुसिवाय केही हुनेवाला छैन भन्नेहरू पनि उत्तिाकै छन्।

किनकि नेपाल कम्युनिस्ट पार्टीमा गाडधनका रूपमा रहेका र सन्तानका लागि सत्ताा भर्‍याङ कहिल्यै नबन्ने माधव नेपाल रहुन्जेल पछि आएर माझमा सुत्ने र छेउछाउकालाई धकेल्ने तिकडम काम लाग्नेवाला छैन भन्ने सत्य सम्बन्धित पक्षले राम्ररी बुझेकै छैनन्।

हुन त गत एमाले महाधिवेशनमा निकै कम मतले केपी शर्मा ओलीसँग पराजित भएपछि नेकपाका यी दुई नेताका बीचको बाहिरी तुस सतहमा देखिएकै हो। यस अवधिमा आफूले पार्टीमा गरेको योगदानलाई अवमूल्यन र आफू र आफ्नालाई निरन्तर किनारीकृत पारिएको अनुभूत गरी एकजनाको मन कुँडिनु र आफूले दुई दशकसम्म थोकमा सहयोग गरेका आफ्ना अनन्य मित्रले आफूलाई एक कार्यकाल ढुक्कसँग काम गर्न खुद्रामा समेत सहयोग नगरेको अनुभूत गरी अर्काले चित्ता दुखाउनु आम कार्यकर्ताले खुट्याउनै नसक्ने दुइटै सत्य उस्तैउस्तै देखिन्छन्।

यति हुँदाहुँदै पनि पार्टी जब फुटकै सँघारमा पुग्छ त्यतिबेला पार्टीका माली अर्थात् मा(धव,ओ)ली हरू एक ठाउँमा उभिएको र पार्टीको सुन्दर फूलबारी गोडमेल गरी फुलाएको गौरवमय इतिहास आमजनता र कार्यकर्ताले बिर्सेका छैनन् भने उनीहरूले कसरी पो भुल्लान् र ? संकटको बेला आएपछि यी दुईले एकापसमा बाझाबाझ र माझामाझ गरी त्यसको निरन्तरता दिने कुरामा आशंका गर्ने बिरलै होलान्।

केपी कामरेडको बलियो काँध पाएको माधव नेपालकै नेतृत्व रहेका बेला पार्टी स्कुल बंक गरेर बरालिएका जोधाहा कामरेडको सिंगो समूह बरालिएर थाकेपछि पुनः पार्टी स्कुलकै कक्षामा माधव नेपालले नै ललाइफकाइ भर्ना गरेको सत्य पनि कही कतैबाट छिपेको छैन। बुढ्यौलीले ढोका ढक्ढक्याइरहेका बेला र अहिले यथोचित स्थान पाइरहेका बेला कामरेडले ‘फुटमा शत्तिाm हुन्छ’ भन्ने म्याद गुज्रेको ‘५४ साले’ मन्त्रजाप गरेर आफू र पार्टीलाई समेत अप्ठ्यारो पार्ने काम किन पो गर्लान् र ? आखिर यो पार्टीको बिरुवा हुर्काउन भूमिगत काल र त्यसपछि पनि उनको योगदानलाई कसैले टिपेक्स लाउन खोज्दैमा कहाँ पो मेटिन्छ र ?

भनिन्छ, कस्तुरी मृग आफूभित्रको कस्तुरीको सुगन्ध आफूभित्रै छ भन्ने थाहा नै नपाएर त्यसलाई खोज्न जंगल र टारहरूतर्फ भौंतारिँदा सिकारीका फेला पर्छ रे। कामरेड माधव आफू स्वयंभित्र निहित योगदान र व्यक्तित्वको आफ्नो उचाइ बिर्सेर कसैको निजी टारतिर वा कुनै पाटी(पौवा) तिर धाउन थाल्दा उनको व्यक्तिाmत्व नै सिकार पो हुने हो कि भनी भयभीत हुनेहरू पनि त्यत्तिाकै छन्।

साठी प्रतिशतभित्रका अन्तरंगहरूको मन कुँड्याएर होइन, उनीहरूसँग गम्भीर विमर्श गरेर अघि बढ्न ढिला हुन थालिसकेको चेतना प्रधानमन्त्रीसम्म पुग्न नदिने कुनै तत्तव आफ्नै चुलो,चौको र चोटाभित्रै कोही छ कि भनी खोज्न अब अबेर गर्नु भएन। कुनै पनि औषधिको निश्चित म्याद भएझैं विगत महाधिवेशनको तुसको म्याद सकिएको हुनुपर्ने हो, त्यस्तो म्याद सकिएको औषधिसेवन घातक छ, सेवन नगर्नुहोस् रे। अझ प्रधानमन्त्रीका लागि त त्यो औषधि झनै घातक हुने भएकाले कुना कन्तरामा कतै छ भने त्यसलाई नष्ट गर्न अबेर होला कि भनी पिरलो मान्ने पनि धेरै नै छन्।

‘कसको झोकमा कसको काखमा के गर्ने’ भन्ने उखान बेठीक छ। पार्टीमा कब्जाको त्रासबाट होइन महाधिवेशनको विश्वासबाट नेतृत्व चयन गर्ने प्रजातान्त्रिक संस्कार मर्न नदिऔं। जनताले दिएको म्यान्डेटअनुसार सतर्कताका साथ सरकारको रक्षामा र पार्टीको दीर्घकालीन रणनीति एवं सरकार सञ्चालनबारे मालीहरू एकअर्कामा मिलेर काम गर्नुस्। मा(धव र ओ)ली अर्थात् मालीहरू आपसमा विवाद गरी पार्टीबगैंचा उजाड नपार्नुस्, किनभने फूलप्रेमीहरूको गहिरो चिन्ता यत्रतत्र देखिएको छ।

र, अन्त्यमा यो पनि बुझ्नुहोला, हिलोमा फुल्ने फूल र बगैंचामा फुल्ने फूलको रंग त मिल्ला, रसायन मिल्दैन, धेरै भिन्नता हुन्छ।

र यो लेख बिसाउँदै गर्दा रामकृष्ण ढकालको ‘मन पराउने हजार हुन्छन्’ गीतको बोलका यी गीति अंश मनन गर्नु हुन विनम्र अनुरोध छ ‘जति रुवाओस्, धर्धरी रुवाओस् आफ्नो मान्छे आफ्नै हुन्छ’ !!!


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.