विश्‍व कोरोना महामारीसँग लडिरहेको बेला साउदी नेतृत्वको गठबन्धनले गर्‍यो युद्धविरामको घोषणा

विश्‍व कोरोना महामारीसँग लडिरहेको बेला साउदी नेतृत्वको गठबन्धनले गर्‍यो युद्धविरामको घोषणा

हुथी विद्रोहीसँग यमनमा लडिरहेको साउदी नेतृत्वको गठबन्धनले युद्धविरामको घोषणा गरेको अधिकारीहरूले बताएका छन्। पाँच वर्ष लामो युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्रसंघको प्रयासको समर्थनमा बिहीवारबाट लागु हुनेगरी युद्धविराम हुन लागेको स्रोतहरूले बताएका छन्।

पश्चिमा सैन्य शक्तिले समर्थन गरिरहेको उक्त गठबन्धन हुथीविद्रोही विरुद्ध सन् २०१५ को मार्च महिनादेखि लडिरहेको छ। हुथी विद्रोहीहरूले पनि यसलाई युद्धविरामका रुपमा हेरेका छन् कि छैनन् भन्ने स्पष्ट भएको छैन।

गत महिना संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले यमनमा लडिरहेका पक्षहरूलाई युद्धविराम गरेर कोरोनाभाइरसको सम्भावित प्रकोपसँग जुध्नका लागि प्रयासहरू चाल्न आह्वान गरेका थिए। उनले देशका सबै युद्धरत पक्षलाई देशव्यापी रुपमा युद्ध मत्थर बनाउँदै लैजानका लागि आफ्ना विशेष दूत मार्टिन ग्रिफिथ्ससँग काम गर्न आह्वान गरे।

ग्रिफिथ्सले युद्धविरामसबन्धी समाचारको बुधबार नै एक विज्ञप्तिमार्फत स्वागत गरे। उनले भने 'सबै पक्षले यो अवसरको उपयोग गर्नुपर्छ र युद्ध अविलम्ब रोक्नुपर्छ।' युद्धविरामबारे छलफल गर्न दुवै पक्षले भिडिओ कन्फेरेन्समा भाग लिने ठानिएको छ। उक्त छलफलमा हवाइ, जमिन र जल सबैतिर युद्ध रोक्ने विषयमा प्रस्ताव गरिनेछ।

साउदी नेतृत्वको गठबन्धनले विज्ञप्ति जारी गर्दै लेखेको छ: 'यमनका लागि संयुक्त राष्ट्रसंघका दूतले यमनी जनताको पीडा कम गर्नका लागि गरिरहेका प्रयासलाई सफल पार्न र कोरोनाभाइरसको महामारीसँग जुझ्न र यसको रोकथामका लागि गठबन्धनले दुई साताका लागि बृहत् युद्धविरामको घोषणा गरेको छ।'

यमनको अवस्थालाई लामो समयदेखि विश्वकै खराब मानवीय सङ्कट भनि व्याख्या गरिँदै आएको छ। युद्धका क्रममा थुप्रै सर्वसाधारणको ज्यान गएको छ। संयुक्त राष्ट्रसंघले विगतमा पनि वार्ताको मध्यस्थता गरेको थियो तर गठबन्धनले देशव्यापि युद्धविरामको घोषणा गरेको यो पहिलोपटक हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.